बर्दियामा मकैबालीमा फौजी किराको प्रकोप

सदरलाइन संवाददाता ३० असार २०७८, बुधबार १२:४२
 

बर्दिया : बर्दियाको बढैयाताल गाउँपालिकामा लगाइएको मकैबालीमा अमेरिकन फौजी किराको प्रकोप फैलिएको छ । बढैयाताल गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ मा लगाइएको मकैबालीमा अमेरिकन फौजी किरा प्रकोपकैरुपमा देखा परेको हो ।

वडा नम्बर ४ को बुटहा, दक्षिण भकारी, मानकीनार, वडा नम्बर ५ को फुलबारी, बढैया वडा नम्बर ३ को सोरहवा गाउँका किसानले लगाएको सयौ बिघा मकैबालीमा फौजी किरा फैलिएको छ । किराको प्रकोप सबै भन्दा बढी वडा नम्बर ४ को बुटहा र दक्षिण भकारी गाउँको मकैबालीमा देखा परेको छ ।


बारीको आधा मकै फौजि किराले खाएर सखाप बनाईसकेको बुटहा गाउँका किसान संगीता थारुले बताइन् । घोघा लाग्ने बेलामा फौजी किरा फैलिएपछि किसान तनावमा परेका छन् । बढैयाताल गाउँपालिकाका कृषि शााखामा जानकारी गराउँदा पनि किरा व्यवस्थापनका लागि कुनै ठोस पहल हुन नसकेको थारुको गुनासो छ ।

बढैयाताल गाउँपालिकाका कृषि शाखा प्रमुख दिपेन्द्र श्रीवास्तवले फौजिकिरा फैलिएकोबारे आफुलाई जानकारी नभएको बताए । किरा मार्नका लागि इमिडाक्लोरोपिड र इमाष्टिक बेन्जेट नामक दुई थरीको बिषादी छर्कन उनले सुझाव दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निवर्तमान प्रधानमन्त्री केपी ओली बालकोट फर्किए

३० असार २०७८, बुधबार १२:४२
काठमाण्डौ : निवर्तमान प्रधानमन्त्री केपी ओली तामझामका साथ बालुवाटारबाट बालकोटतर्फ फर्कंदै छन् । सोमबार सर्वोच्चले परमादेश जारी गरेसँगै शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि ओली बालुवाटारबाट बालकोटस्थित आफ्नो निवास फर्किएका हुन् । ओलीलाई एमालेका कार्यकर्ताहरूले स्वागत तथा स्कर्टिङ गरिरहेका छन् । कार्यकर्ताहरूले हातमा राष्ट्रिय झण्डा बोकेका छन् भने ’आई लभ यू केपी […]