कोरोनाबाट बाँकेमा दुईजनाको मृत्यु

सदरलाइन संवाददाता १० आश्विन २०७८, आईतवार १५:३१
 

नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना बाँकेका हुन् भने अर्का बर्दियाका भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ ।

कोहलपुर नगरपालिका–५ का २२ वर्षीय पुरुषको शनिवार राती मृत्यु भएको छ । उनलाई असोज ४ गते कोभिड पुष्टि भएको थियो । त्यसको भोलिपल्ट उनी भेरी अस्पतालमा भर्ना भएका थिए ।


उपचारका क्रममा स्वास्थ्यमा सुधार नआउँदा उनको शनिवार राती साढे एक बजे मृत्यु भएको केन्द्रका फोकपर्सन तेज वलीले जानकारी दिनुभयो । यस्तै बारबर्दिया नगरपालिका–४ का ७२ वर्षीय पुरुषको पनि शनिवार राती मृत्यु भएको छ । भदौ ३० गते कोभिड पुष्टि भएका उनी त्यसैदिन भेरीमा भर्ना भएका थिए ।

योसँगै कोरोना संक्रमणबाट बाँकेमा मृत्यु हुनेको संख्या ३३४ पुगेको छ भने उपचारका लागि बाँकेमा आएर मृत्यु हुनेको संख्या ४१८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ट्रयाक्टरको ठक्करबाट कोहलपुरमा एकको मृत्यु

१० आश्विन २०७८, आईतवार १५:३१
नेपालगञ्ज : ट्रयाक्टरको ठक्करबाट कोहलपुरमा एकजनाको मृत्यु भएको छ । शनिवार राती करिब ८ बजे कोहलपुर नगरपालिका ५ एनसिसिएन नजिकै सडक दुर्घटना हुँदा कोहलपुर नगरपालिका वडा नं. २ गौरिडाडाका सन्तोष अधिकारीको मृत्यु भएको हो । पश्चिमबाट पुर्बतर्फ जाँदै गरेको लु २ त ४७८४ नम्बरको ट्रयाक्टर र पुर्बबाट पश्चिम तर्फ जाँदै […]

ताजा अपडेट