बाँकेमा आइतवार २८ जना डिस्चार्ज

सदरलाइन संवाददाता २८ मंसिर २०७७, आईतवार १४:१२
 

नेपालगञ्ज : बाँकेमा आइतवार २८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । बिभिन्न आइसोलेशनमा बसेका १८ पुरुष र १० महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार ९ सय ६४ पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । आइसोलेशनमा अब बाँकेका १ सय ५० जना रहेका छन् ।


हालसम्म बाँकेमा ४ हजार १ सय ५५ जनामा संक्रमण देखिएको छ भने कोरोनाका कारण बाँकेमा ४१ जनाको मृत्युु भइसकेको छ ।

Next Post

नाइजेरियामा आक्रमण हुँदा सयौँ विद्यार्थी बेपत्ता

२८ मंसिर २०७७, आईतवार १४:१२
काठमाण्डौ : नाइजेरियाको एक विद्यालयमा बन्दुकधारी समूहले आक्रमण गर्दा सयौँ विद्यार्थीहरु बेपत्ता भएका छन् । नाइजेरियाको कत्सिना राज्यमा रहेको सरकारी विद्यालयमा पठनपाठनको समयमा मोटरसाइकलमा आएका बन्दुकधारीहरु प्रवेश गरेपछि विद्यार्थीहरुबीच भागदौड मच्चिएको बीबीसीले जनाएको छ । बन्दुकधारीको आक्रमणलगत्तै विद्यालयका सुरक्षागार्ड र नाइजेरियाली सेनाले स्थिति नियन्त्रणमा लिएको खबरमा उल्लेख छ । बन्दुकधारीहरु […]

सम्बन्धित