बाँकेमा १२ संक्रमित थपिए, ६ जना डिस्चार्ज

सदरलाइन संवाददाता ४ आश्विन २०७८, सोमबार १३:२९
 

नेपालगञ्ज : बाँकेमा सोमवार थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा ५६ नमुना परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो । यो कूल नमुना परीक्षणमा २१.४३ प्रतिशत कोरोना पोजेटिभ हुन आउँछ ।

भेरी अस्पतालमा ३५ नमुना परीक्षण गर्दा १२ जना संक्रमित थपिएका हुन् । मेडिकल कलेज कोहलपुर र बागेश्वरी ल्यावमा २१ नमुना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ । सोमवार संक्रमण पुष्टि भएकामध्ये ६ जना बाँकेका हुन् ।


नेपालगञ्ज उपमहानगरपालिका–१० का ३, वडा नम्वर–४ का १ जना र खजुरा गाउँपालिका–२ र ४ का २–२ जना छन् । नेपालगञ्जका संक्रमित १७ देखि १९ वर्ष उमेर समूहका हुन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १८ हजार १ सय ४२ पुगेको छ ।

यस्तै सोमवार थप ६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय ५८ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले ७४ जना छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दशैँका लागि नयाँ नोट साट्न शुरु

४ आश्विन २०७८, सोमबार १३:२९
नेपालगञ्ज : नेपालीको महत्वपूर्ण चाडको रूपमा रहेको दशैँलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले सोमवारदेखि नयाँ नोट साट्न शुरु गरेको छ । दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकको नोट व्यवस्थापन विभागका अनुसार काठमाडौँ उपत्यकाभित्र यही असोज ४ […]