खजुरामा मानवबेचविखन रोकथामका लागि अन्तरपुस्ता सम्वाद सम्पन्न

सदरलाइन संवाददाता १ आश्विन २०७८, शुक्रबार १९:४३
 

खजुरा (बाँके) : मानवबेचविखन रोकथाम तथा बालबालिका र युवाको सरोकारको विषयमा खजुरा गाउँपालिकामा शुक्रवार अन्तर पुस्ता सम्वाद कार्यक्रम सम्पन्न गरेको छ । प्लान नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्वारा सञ्चालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण (प्रोटेक्ट) परियोजना अन्तरगत खजुरा गाउँपालिकामा सो कार्यक्रम आयोजना गरिएको हो ।

मानव बेचबिखन, बालबालिकाहरु र युवाहरुका सवाल र सरोकारका बिषयमा बिभिन्न पुस्ता बिचको बुझाई र अनुभवहरुको एक आपसमा आदानप्रदान गरी साझा बुझाई कायम गर्दै ती समस्या तथा सवालहरुमा जिम्मेवार निकायहरुको ध्यानआकर्षण गर्नका लागि सो सम्वादको आयोजना गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताए ।

खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले संवाद कार्यक्रमले वडा तहमा मानव बेचबिखन, बालबालिका र युवाहरुका सरोकार तथा उनिहरुका समस्याहरुका बारेमा सबैलाई जानकारी गराएको तथा समाधानका उपायहरु बारे पनि छलफल गराएको बताए ।


गाउँपालिकाका उपाध्यक्ष एकमाया विकले सम्वाद कार्यक्रमले मानवबेचविखन रोकथामका लागि सबैको धारणामा एकरुपता ल्याउनुका साथै बालबालिका र युवाका अन्य समस्याका बारेमा पनि छलफल गर्ने अवसर दिएको बताईन ।

कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष कान्तुराम गौतम, वडा नम्बर ४ का वडा अध्यक्ष तिलक विर सुनार, शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेल, महिला तथा बालबालिका शाखा प्रमुख सुशिला न्यौपाने, नेपाल प्रहरीका सई पंकजराज जोशी लगायतले पनि मानवबेचविखन रोकथामका लागि सबैको सहकार्य र सहयोग आवश्यक रहेको बताएका थिए ।

सो कार्यक्रममा वडा सदस्यहरु, स्थानीय बालअधिकार समितिका पदाधिकारी र सदस्यहरु, परिवर्तनका संवाहक युवा, बाल क्लब र किशोर किशोरी क्लबका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा जीम्मेवार निकायद्वारा मानव बेचबिखन नियन्त्रण, बालबालिका र युवाका सरोकारहरुलाई समाधान गर्ने प्रतिबद्धता जनाइएको बाँके युनेस्को क्लबका प्रोटेक्ट परियोजना संयोजक महेश नेपालीले बताए । कार्यक्रमको संचालन बाँके युनेस्को क्लबका फिल्ड सुपरभाईजर शंकरसिंह थारुले गरेको कार्यक्रममा सहजकर्ताको भुमिका शंकर प्रसाद शर्माले निभाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना संक्रमणबाट भेरी अस्पतालमा दुई जनाको मृत्यु

१ आश्विन २०७८, शुक्रबार १९:४३
नेपालगञ्ज : कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप २ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जना बाँकेका हुन् भने एक जना बर्दियाका हुन् । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा खजुरा गाउँपालिका २ बाँकेका ६० वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिए । भदौ […]