उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन

सदरलाइन संवाददाता १४ कार्तिक २०७९, सोमबार १२:०५
 

नेपालगञ्ज : सोमवार उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन गरिएको छ । चतुर्थीदेखि शुरु भइ षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिइ पूजाअर्चना गरी यो पर्वको समापन गरिएको हो ।

नेपालगञ्जको बागेश्वरी मन्दिरलगायतका ठाउँमा बर्तालुहरुले निर्माण गरेको छठ घाटमा आइतवार रातभरि जाग्राम भइ सोमवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।

बर्तालुले नदी, तलाउ तथा पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल लिइ आफ्नो खेतबारीमा उत्पादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवानले सूर्य नारायणलाई अर्घ्य दिने गर्दछन् ।


अर्घ्यमा ठेकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान्न, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने धार्मिक प्रचलन रहेको छ ।

सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

१४ कार्तिक २०७९, सोमबार १२:०५
कोहलपुर (बाँके) : आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको संघारमा नेकपा एमाले निकट राष्ट्रिय युबा संघ नेपालले कोहलपुर नगरपालिका वडा न १३ मा ५१ सदस्यीय राष्ट्रिय युबा संघ नेपाल निर्वाचन परिचालन कमिटी गठन गरेको छ । सोमबार कोहलपुर १२ र १३ मा आयोजित चुनाबि भेलाबाट सौगात नेपाली संयोजक तथा […]

सम्बन्धित