नेपालगञ्ज उपमहानगरपालिका–१९ द्वारा राहत वितरण

२९ चैत्र २०७६, शनिबार १८:३३
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  विश्वव्यापीरुपमा फैलिएको नोबोल कोरोना भाईरस (कोभिड १९) का कारण अहिले विश्वजगत नै लकडाउनमा छ । यसको कारण दैनिक ज्यालादारी गरी आफ्नो दैनिकी टार्ने गरिव जनताको लागि केन्द्र÷प्रदेश र स्थानीय सरकारले विभिन्न राहत वितरण कायक्रम गरिहरेको छन् ।

नेपालगञ्ज उपमहानगरपालिका १९ वडा कार्यालयले शनिबार कण्ठिपुर निमाविको प्रांगणबाट खाद्य सामग्रीसहितको राहत वितरण गरेको हो । सरकारले आव्हान गरेको लकडाउनको १९ दिनमा वडा नं. १९ का वडा अध्यक्ष परशुराम बर्माले शनिबार मात्रै २ सय ४४ घरधुरीलाई प्रति घरधुरी १५केजी चामल, २ केजी दाल, ५ केजी आलु, ५ केजी पिठो, १ लिटर तेल, १ वटा हात धुने साबुन, र १ पोका नून राहतस्वरुप वितरण गरिएको १९ नं. वडाका अधिकृत तेजेन्द्र रोकायाले जानकारी दिए ।


शनिबार मात्रै वितरण गरिएको राहत वितरणमा २ सय ४४ घरधुरीका एक हजार ४ सय ६४ जना रहेको राहत वितरणको डाटामा उल्लेख भएको देखिन्छ ।

वडा नं. १९ मा ६ सय ६२ घरधुरीलाई राहत वितरण गर्ने लक्ष्य रहेको अधिकृत रोकायले बताए । लकडाउनका कारण गरिव जनाको जनजीवन कष्टकर भएको भन्दै हामी राहत वितरणलाई निष्पक्षरुपले तीब्र गतिमा अगाडि बढेको वडा अध्यक्ष बर्माले बताए । कार्यक्रममा वडा सदस्यहरु बफाति वेहना, नन्को धोवी र अमृता सिंहलगायतको सहभागिता रहेको थियो ।

Next Post

नेपालमा थप तीन जनासहित कोरोना संक्रमितको संख्या १२ पुग्यो

२९ चैत्र २०७६, शनिबार १८:३३
सदरलाइनडटकम, काठमाण्डौ : नेपालमा थप तीन जनामा कोरोना सक्रमणको पुष्टि भएको छ । वीरगञ्जमा उपचाररत तीन जनामा कोरोनाको पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतको भनाइ छ । यस बारेमा मन्त्रालयमा आकस्मिक बैठक बसिरहेको छ । लगातार ७ औं दिनसम्म संक्रमण नदेखिएकोमा आइतवार आठौं दिनमा नयाँ तीन व्यक्तिमा संक्रमणको पुष्टि भएको हो […]

ताजा अपडेट