कोरोना संक्रमणबाट भेरी अस्पतालमा दुई जनाको मृत्यु

सदरलाइन संवाददाता २ आश्विन २०७८, शनिबार १२:४२
 

नेपालगञ्ज : कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप २ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जना बाँकेका हुन् भने एक जना बर्दियाका हुन् ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा खजुरा गाउँपालिका २ बाँकेका ६० वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिए ।

भदौ २७ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि भदौ २८ गते भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआउँदा उनको शुक्रवार राती ११ बजे मृत्यु भएको हो ।

यस्तै मधुवन नगरपालिका वडा नं. २ बर्दियाकी ४२ वर्षीया महिलाको मृत्यु भएको छ । भदौ ३१ गते रिपोर्ट पोजेटिभ आएको उनलाई सोही दिन भेरी अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआउँदा उनको शनिवार बिहान ११ बजे मृत्यु भएको हो ।

योसँगै कोरोना संक्रमणका कारण बाँकेका ३३१ जनाको हालसम्म मृत्यु भईसकेको छ भने बाँकेमा उपचार गराउन आएका बाहिरी जिल्लाका ४१३ जनाको मृत्यु भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बँदेल मार्ने पासोमा परी बर्दियामा तीन जनाको मृत्यु

२ आश्विन २०७८, शनिबार १२:४२
नेपालगञ्ज : बर्दियामा बँदेललाई थापेको विद्युतीय पासोमा परेर तीन जनाको मृत्यु भएको छ । शुक्रवार राति करिब १० बजेतिर ठाकुरबाबा नगरपालिकामा एकै परिवारका तीन जनाको बँदेल मार्न राखेको करेन्टको पासोमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्टको पासोमा परेर ठाकुरबाबा नगरपालिका–३ गोदानाका ३२ वर्षका बालकृष्ण थारु, उनकी श्रीमती २९ […]