सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा निःशुल्क शिविर

सदरलाइन संवाददाता १ आश्विन २०७८, शुक्रबार १४:२०
 

नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिका स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा शनिवार एकदिने निःशुल्क मुटुरोग तथा पाठेघरको मुखको क्यान्सरको पहिचान शिविर हुने भएको छ ।

मुटुको भिडियो एक्सरे इको मेशिनको शुभारम्भको उपलक्ष्यमा शिविरको आयोजना गरिएको अस्पतालका निर्देशक डा कृष्ण आचार्यले जानकारी दिए । शिबिरमा शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाण्डौका वरिष्ठ मुटुरोग विशेषज्ञ कार्तिकेश कुमार ठाकुरबाट मुटु रोग सेवा प्रदान गरिने उनको भनाइ छ ।


यस्तै प्रसुति गृह काठमाडौंमा कार्यरत वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर अनमिका झाको उपस्थितिमा पाठेघरको क्यान्सरको पहिचान गरिने छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरका प्रोफेसर डा. निता सिंह र डा. राजश्री झाले समेत सेवा दिनुहुने निर्देशक डा आचार्यले बताए ।

क्यान्सर अस्पतालले मुटु रोग सेवालाई निरन्तरता दिने तयारी गरेको छ । त्यसका लागि फिजिशीयन डा क्रिष्टीन श्रेष्ठले गंगालाल ह्दयरोग केन्द्रबाट तालिम गरेर आइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर नगर स्वास्थ्य शाखा प्रमुख सेनद्वारा कार्यकक्षमै सहकर्मीमाथि कुटपिट

१ आश्विन २०७८, शुक्रबार १४:२०
कोहलपुर (बाँके) : कोहलपुर नगरपालिका स्वास्थ्य शाखाका प्रमुखले कार्यालय समयमा कार्यकक्षमै आफ्नै सहकर्मी माथि हातपात गरेका छन् । नगर स्वास्थ्य प्रमुख अनिल कुमार सिंहले स्वास्थ्य शाखा मै कार्यरत रहेका सिनियर स्वास्थ्य अधिकृत गेहराज खनालमाथि हातपात गरेको पीडितले बताए । शुक्रबार बिहान करिब पौने ११ बजे कोहलपुर नगरपालिकाको स्वास्थ्य शाखामा घटेको […]

सम्बन्धित