एम्बुलेन्सको ठक्करबाट कञ्चनपुरमा एकको मृत्यु

सदरलाइन संवाददाता ३० भाद्र २०७८, बुधबार १२:५४
 

कञ्चनपुर : एम्बुलेन्सको ठक्करबाट कृष्णपुर नगरपालिका–५ का करिब ४५ वर्षीय कृष्णबहादुर ऐरको मृत्यु भएको छ । कैलालीको अत्तरियाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको म १ च २८८ नम्बरको एम्बुलेन्सले साइकलमा दुध बोकेर जाँदै गरेका ऐरलाई बुधबार पूर्व–पश्चिम राजमार्गको कृष्णपुर नगरपालिकाको गुलरिया नजिक ठक्कर दिएको हो ।

एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका ऐरको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानलेले बताए ।


एम्बुलेन्सका चालक भीमदत्त नगरपालिका–१६ का करिब ४० वर्षीय गणेश विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । क्षतिपूर्तिको माग गर्दै स्थानिय बासिन्दाले बिहानैदेखि पूर्व पश्चिम–राजमार्गको गुलरिया क्षेत्रमा सडक अवरुद्ध गरेका थिए । अहिलेसडक सञ्चालनमा आइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तालिबान सरकारभित्र विवाद चर्कियो, सह–संस्थापकले काबुल छाडे

३० भाद्र २०७८, बुधबार १२:५४
काठमाण्डौ : अफगानिस्तानमा तालिबानले गठन गरेको अन्तरिम सरकारमा विवाद देखिएको छ । राष्ट्रपति भवनमा तालिबानका सह(संस्थापक मुल्लाह गनी बरादर र खलील उर रहमानबीच भनाभन हुनुका साथै दुई जनाबीचको वादविवादपछि उनीहरूका समर्थक एकआपसमा भिडेका समाचार सार्बजनिक भएको छ । गत महिना मात्रै तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेको थियो । अफगानिस्तानलाई इस्लामिक […]

ताजा अपडेट