दुई कार्यक्रमको अर्ध वार्षिक समिक्षा

७ आश्विन २०७३, शुक्रबार १२:४०
 

 unnamed (1)सदरलाइनडटकम
८ असोज, नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिकामा सञ्चालित दुईवटा कार्यक्रमको अर्धवार्षिक समिक्षा गरिएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग जिल्ला शिक्षा कार्यालयको समन्वयमा बाँके युनेस्को क्लब र सामाजिक विकास मञ्चद्धारा नेपालगन्ज उप–महानगरपालिकामा सञ्चालित सहयात्रा र युवा सशक्तिकरण परियोजनाको समिक्षा गरिएको हो ।
सञ्चालित कार्यक्रमको उपलब्धि, सिकाई र चुनौति बारे बिभिन्न सरोकारवालाहरुसँग छलफल गरिनुका साथै आगामी दिनमा सुधारका लागि सुझाब समेत संकलन गरिएको छ ।
बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी गोर्खबहादुर थापाले विद्यालयमा शिक्षण सिकाई प्रभावकारी बनाउनमा बाँके युनेस्को क्लब र सामाजिक विकास मञ्चको राम्रो प्रयास रहेको उल्लेख गर्दै अझै पनि बालबालिकालाई विद्यालयमा नियमित गर्न नसकिएकोले सो बारेमा पनि योजना बनाएर अगाडी बढ्नु पर्ने बताए ।


unnamed
उनले विद्यालयमा व्यवस्थापन समितिलाई सक्रिय बनाउन आवश्यक रहेको कुरामा जोड दिए ।
जिल्ला विकास समिति बाँकेका योजना अधिकृत शरद पौडेलले यतिबेला स्थानीय निकायको योजना निर्माणको बेला भएकाले बालभेला मार्फत पहिचान गरिएका बालबालिकाका सवालहरु तथा उनीहरुको आवश्यकता त्यो योजनामा आउनु पर्ने धारणा राखे ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष रुद्र सुबेदीले निजी तथा संस्थागत विद्यालयमा शुल्क र ड्रेस आतंकका साथै बाल दुब्र्यबहार अत्याधिक भएकाले जिल्ला शिक्षा कार्यालय र सम्बन्धित निकायले अनुगमन गर्नुपर्ने बताए । सेभ द चिल्ड्रेनका एसोसिएट निर्देशक बिरेन्द्र ठगुन्नाले गरिब शहरी क्षेत्रको मुद्दा गाउँमा भन्दा शहरमा फरक हुने भएकाले नेपालगंज उपमहानगरपालिकामा कार्यान्वयन भई रहेको कार्यक्रमबाट नयाँ सिकाई भई रहेको बताए ।
सो समिक्षा कार्यक्रममा जिल्ला बाल क्लब संजालका अध्यक्ष स्वेता गुरुङ्ग, विद्यालयमा निरिक्षक खगेन्द्र मल्ल, नेपालगंज उद्योग बाणिज्य संघका प्रबक्ता अभय कुमार बस्नेत, नारायण उच्च माविका शिक्षिका कल्पना सुवेदी, युनिसेफका राजु खनाल, जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुवेदी, बाल कल्याण समितिका शोभाराम बस्नेत, नेपालगन्ज उपमहानगरपालिकाका कृष्ण प्रसाद जोशी लगायतले सहयात्रा र युवा शसक्तिकरण कार्यक्रमका बारेमा आ आफ्ना सुझावहरु दिएका थिए ।
सुझाव दिनेहरुले विद्यालयमा गुनासो पेटिकामा आएका कुराहरु विद्यालयले सम्बोधन नगरेको, शैक्षिक सामाग्री प्रशस्त हुँदाहुँदै पनि त्यसलाई उपयोग गर्न नसकेको, विद्यालयका समस्या बुझ्न र समस्या समाधानार्थ संयुक्त अनुगमनलाई प्रभावकारी बनाउनुु पर्ने, विद्यालय भन्दा २सय देखि ५ सय मिटरसम्म धुम्रपान, गुट्खा निशेधित क्षेत्र घोषणा गर्नुपर्ने लगायतका सुझाव दिएका थिए ।
कार्यक्रममा, नगर बाल अधिकार संरक्षण समिति, जिल्ला बाल अधिकार संरक्षण समिति, कार्यक्रम सञ्चालित विद्यालयलगायतको उपस्थिति थियो ।
परियोजनाको बारेमा बाँके युनेस्को क्लबको तर्फबाट परियोजना संयोजक आशिष बर्मा र सामाजिक विकास मञ्चको तर्फबाट शिबानी भट्राईले प्रगति बिबरण प्रस्तूत गरेका थिए । बाँके युनेस्को क्लबका बरिष्ठ उपाध्यक्ष सिराज खानको अध्यक्षतामा सो समिक्षा सम्पन्न गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आन्दोलनमा पेशाकर्मीको एक्यबद्धता

७ आश्विन २०७३, शुक्रबार १२:४०
सन्दर्भ : प्रदेश नं. ५को राजधानी र नेपालगन्जमा उच्च अदालत स्थापनाको  आन्दोलन सदरलाइनडटकम, ९ असोज, नेपालगन्ज : नेपालगन्जमा प्रदेश नं ५ को उच्च अदालत र बाँकेमा प्रदेशको राजधानी स्थापना गर्नको लागि गठित संघर्ष समितिले आफ्नो आन्दोलनको गतिविधिलाई तीब्र पारेको छ । संघर्ष समितिले आईतबार नेपालगन्जमा आयोजना गरेको पेशाकर्मी, पत्रकार, कानून व्यावसायीको […]