पीडित तथा प्रभावितहरुको सहयोगका लागि समिक्षा सम्पन्न

सदरलाइन संवाददाता २९ भाद्र २०७८, मंगलवार १४:२७
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा मानव बेचबिखनबाट पीडित तथा प्रभावितहरुको सहयोगका लागि वार्षिक समिक्षा सम्पन्न भएको छ ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति कोहलपुर नगरपालिकाको आयोजना तथा यूएसआईडि, माईति नेपाल, यूकेआईडी र विनरक ईन्टरनेशनलसँगको सहयोगमा मानव बेचबिखनबाट पीडित तथा प्रभावितहरुको सहयोगका लागि वार्षिक सार्वजनिक छलफल कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै कोहलपुर नगर प्रमुख लुट बहादुर रावतले मानब बेचबिखन तथा ओसार पसार नियन्त्रणका लागि कार्यविधि निर्माण भई पास गरी कार्यान्वयन भई रहेको, पालिका स्तरिय संरचना निर्माण, पालिका एवम् वडास्तरीय कार्ययोजना निर्माण भई कार्यान्वयन भईरहेको बताउँदै वडास्तरीय मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समितिहरु गठन भई विभिन्न कामहरु गरि रहेको बताएका ।

उद्धार एवम् प्रभावितको सामाजिक पुनःएकिकरण सम्बन्धी आन्तरिक रुपमा जोखिम एवम् शोषणमा परेका रहेकाहरुको उद्धार कार्य भईरहेको बताउँदै उनले कोहलपुर नगर मानवबिखनको उच्च जोखिममा न्यूनिकरण गर्नका लागि विभिन्न संघसंस्थाहरुसँगको सहकार्यमा कामहरु गरिरहेको बताए् ।


कार्यक्रममा बोल्दै कोहलपुर नगर कार्यपालिका सदस्य भिम बहादुर नेपाली महिला तथा बालबालिका क्षेत्रका काम गर्नका लागि आवश्यक बजेट छुट्याइएको बताएका छन् । महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख रिना थापाले बजेटका अभावका बालबालिकाहरुका क्षेत्रमा कतिपय कामहरु गर्न नसकेको बताईन् ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख रबिन्द्र खनालले प्रहरीले बेखबिखनमा परेका महिला तथा बालबालिकाहरुको खोजि अभियान नै चलाएर केहि काम गरिएको बताउँदै बालबालिका तथा महिलाको उद्धारका लागि प्रहरीलाई सबैले साथ र सहयोग गर्न अनुरोध समेत गरेका छन् ।

कार्यक्रममा बोल्दै यूवा दृष्टि नेपालका अध्यक्ष यूवराज पोख्रेलले महिला, बालक्लब, किशोरी क्लबलाई आवश्यक बजेटको व्यवस्था स्थानिय सरकारले गर्न नसक्दा कतिपय कामहरु प्रभावकारी हनु नसकेको बताएका छन् । कार्यक्रमको सहजिकरण माईति नेपाल क्षेत्रिय कार्यालय नेपालगञ्जका प्रमुख केशव कोइरालाले गरेका थिए भने कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा १८ संक्रमित थपिए, ७ जना डिस्चार्ज

२९ भाद्र २०७८, मंगलवार १४:२७
नेपालगञ्ज : बाँकेमा मंगलवार थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा १३० नमुना परीक्षण गर्दा १८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरीमा ६६ नमुना परीक्षण गर्दा १६ र बागेश्वरी प्रयोगशालामा १७ नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टिभएको छ । मेडिकल कलेज […]