बाँकेमा अवैध हतियार नभित्रिएको प्रशासनको भनाई

सदरलाइन संवाददाता १८ कार्तिक २०७९, शुक्रबार १४:०४
 

नेपालगञ्ज : नेपालगञ्जमा अबैध हतियार पड्काउँदा बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी र सिडिओ सूर्यबहादुर खत्रीले हतियार नभित्रिएको भन्दै आफ्नो बचाउ गरेका छन् ।

नेपालगञ्जको मुटु एवम ब्यस्त बजार त्रिभुवन चोकमा कार्तिक ६ गते आईतबार मध्यराति गोली चलेको थियो । नेपालगञ्जका दुई आपराधिक गिरोहबीच विवाद हुँदा एक पक्षले अर्को पक्षलाई घेरेपछि घेरामा परेको अर्को गिरोहले राती करिब १२ बजे हवाई फायर गरेर भागेको थियो । त्रिभुवन चोकमा हतियार पड्काएपछि बाँकेमा त्रास छाएको छ ।

बाँके प्रहरी प्रशासनलाई ठाडो चुनौती दिदैँ अपराधिक गिरोहले ब्यस्त बजारमा हतियार पड्काइरहँदा बाँकेका एसपी अधिकारी र सिडिओ खत्रीले नेपालगञ्जमा हतियार नभित्रिएको भन्दै आफ्नो बचाउ गरेका हुन् । हतियार पड्काउने ब्यक्तिलाई बाँके प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।


ईन्सेक लुम्बिनी प्रदेश कार्यालयले शुक्रवार नेपालगञ्जमा आयोजना गरेको स्वच्छ, निष्पक्ष तथा भयरहित निर्वाचनका लागि सरोकारवालाको भूमिका र प्रतिबद्धता विषयक अन्तर संवाद कार्यक्रममा बाँकेका सिडिओ र एसपीले यस्तो बताएका हुन् ।

बाँकेको शान्ति, सुरक्षा र अपराधिक गिरोहमाथि प्रहरी प्रशासनले निगरानी राखेको र कुनै प्रकारको हातहतियार नभित्रिएको भन्दै सिडिओ र एसपीले दावि गरिरहँदा त्रिभुवन चोको घटनाले उनीहरुको दावी निराधार रहेको पुष्टि गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गठबन्धनको स्पष्ट बहुमत आउने काँग्रेस प्रवक्ता महतको दाबी

१८ कार्तिक २०७९, शुक्रबार १४:०४
नेपालगञ्ज : नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पाँच दलीय गठबन्धनको स्पष्ट बहुमत आउने दाबी गरेका छन् । नेपाल प्रेस युनियन बाँकेले शुक्रवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता महतले आगामी मंसिर ४ मा हुने निर्वाचनमा आम नेपाली जनताले कांग्रेस नेतृत्वकै सरकार चाहेकाले गठवन्धनलाई नै जिताउने जिकिर गरेका हुन् । […]

सम्बन्धित