सामूहिक बलात्कारको अभियोगमा ३ पक्राउ

सदरलाइन संवाददाता २६ भाद्र २०७८, शनिबार १८:३४
 

दाङ : दाङ प्रहरीले १७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गरेको छ ।

पक्राउ पर्नेहरूमा बंगलाचुली गाउँपालिका–७ बिर्खे बस्ने २७ वर्षीय पवन रोका, २० वर्षीय यम बहादुर मास्की र २७ वर्षीय विनाराम मर्साङी रहेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


तीजको नाच हेर्न गई फर्किने क्रममा सोही गाउँपालिका एक्लाबर नजिक जङ्गलमा उनीहरूले बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कार भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी हाँसीपुरबाट खटिएको प्रहरीले आरोपितहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अवरुद्ध कर्णाली राजमार्गको जुम्ला खण्ड सुचारु

२६ भाद्र २०७८, शनिबार १८:३४
जुम्ला : सुख्खा पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्गको जुम्ला सडक खण्ड सुचारु भएको छ । निरन्तर भएको वर्षातका कारण सुक्खा पहिरो खसेपछि कर्णाली राजमार्गको जुम्ला खण्डको लुम्सेरा नजिक अवरुद्ध भएको सडक केही घण्टामै पहिरो पन्छाएर सुचारु भएको हो । सडक अवरुद्ध भएपछि जाममा परेका साना ठुला यात्रु तथा मालवाहक सवारी […]