अवरुद्ध कर्णाली राजमार्गको जुम्ला खण्ड सुचारु

सदरलाइन संवाददाता २६ भाद्र २०७८, शनिबार १९:०९
 

जुम्ला : सुख्खा पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्गको जुम्ला सडक खण्ड सुचारु भएको छ ।

निरन्तर भएको वर्षातका कारण सुक्खा पहिरो खसेपछि कर्णाली राजमार्गको जुम्ला खण्डको लुम्सेरा नजिक अवरुद्ध भएको सडक केही घण्टामै पहिरो पन्छाएर सुचारु भएको हो ।

सडक अवरुद्ध भएपछि जाममा परेका साना ठुला यात्रु तथा मालवाहक सवारी सञ्चालनमा आएका छन् । पैदल तथा यात्रुहरू पनि आआफ्नो गन्तव्यतर्फ लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अब नरैनापुरको वडा नं. ६ बालविवाह मुक्त वडा

२६ भाद्र २०७८, शनिबार १९:०९
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिका वडानं ६ लाई शनिबार बाल विवाह मुक्त घोषणा गरिएको छ । शनिबार दिउँसो एक समारोहका बीच गाउँपालिका कै पहिलो वडाका रुपमा वडा नं ६ लाई बालविबाह मुक्त वडा घोषणा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख अजयकुमार श्रीवास्तब र वडा अध्यक्ष […]