करेन्ट लागेर दाङमा एक जनाको मृत्यु

१७ भाद्र २०७६, मंगलवार १६:५५
 

सदरलाइनडटकम,
दाङ : करेन्ट लागेर दाङमा मंगलवार एक जनाको मृत्यु भएको छ । घरको छतमा काम गर्ने क्रममा लमही नगरपालिका वडा नम्बर ६ देउपुर निवासी ३० वर्षीय जीवन चौधरीेको करेन्ट लागेर मृत्यु भएको हो ।
थ्रि फेस हाइटेन्सन लाइनमा पर्दा उनको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । देउपुरस्थित एनुका पुनको घरमाथि छतमा काम गर्ने क्रममा हाइटेन्सन लाइनमा परि उनको मृत्यु भएको हो ।

Next Post

गाईगोरुलाई असल नियतले दैलेख पठाएको : मेयर राणा

१७ भाद्र २०७६, मंगलवार १६:५५
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले असल नियतका साथ गाईहरु दैलेख पठाइएको दावी गरेका छन् । घटनाका समयमा राजधानीमा रहनुभएका प्रमुख राणाले मंगलवार पत्रकारहरुसँगको अन्तरक्रियामा दुर्घटनावश दैलेख घटना भएको टिप्पणी गरे । सडकमा दुर्घटना बढेपछि काञ्जिहाउस खाली गरेर त्यहाँ सडकका पशु चौपाय राख्ने योजनाअन्तर्गत गाईहरु दैलेख पठाइएको […]