बाँकेमा सोमवार ३० जनामा कोभिड पुष्टि

सदरलाइन संवाददाता २ फाल्गुन २०७८, सोमबार १२:५९
 

नेपालगञ्ज : बाँकेमा पछिल्लो २४ घण्टामा ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणबाट २२ र एन्टिजेन परीक्षणबाट ८ गरी ३० जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

भेरी अस्पतालको पीसीआर ल्यावमा १५, कोहलपुर मेडिकल कलेजमा ५ र बागेश्वरी ल्यावमा २ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । यी तीन अस्पतालमा ७९ जनाको नमुना जाँच भएको थियो ।


यस्तै भारतबाट फर्किने ३६७ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ८ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये बाँके जिल्लाका १३ जना छन् ।

योसँगै जिल्लामा कुल संक्रमितको संख्या १९ हजार ८९४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ६ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १९ हजार ४५० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुरा गाउँपालिका मंगलवार बालबिवाह मुक्त घोषणा हुँदै

२ फाल्गुन २०७८, सोमबार १२:५९
नेपालगञ्ज : बाँकेमा पहिलो बाल बिवाह मुक्त वडा घोषणा गरेको खजुरा गाउँपालिकाले पुर्ण गाउँपालिकालाई नै बालबिवाह मुक्त घोषणा गर्ने भएको छ । गाउँपालिकाले वडा नम्बर ३ बाट बाल बिवाह मुक्त घोषणा गर्न शुरु गरेको थियो । हाल सम्म वडा नम्बर ३, १, ५ र ६ बालबिवाह मुक्त घोषणा भइसकेका छन् […]