लेनदेन मुद्दाका फरार प्रतिवादी अहिर पक्राउ

सदरलाइन संवाददाता १७ आश्विन २०७८, आईतवार १३:२७
 

नेपालगञ्ज : जिल्ला प्रहरी बाँकेले लेनदेन मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

लामो समयदेखि फरार रहेका जानकी गाँउपालिका १ का ३७ बर्षीय तिलक राम अहिरलाई पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ । जिल्ला अदालत बाँकेले अहिरलाई २०७६ जेठ १५ लेनदेन मुद्दामा फैसला गर्दै ६ महिना कैद र ३ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।


त्यसपछि फरार रहेका अहिरलाई जिल्ला प्रहरी बाँकेबाट खटिएको टोलीले पक्राउ गरि आइतवार जिल्ला अदालत बाँकेमा बुझाएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ओमानमा शाहीन चक्रवात शुरु नेपालीलाई सतर्कता अपनाउन दूतावासको आग्रह

१७ आश्विन २०७८, आईतवार १३:२७
काठमाण्डौ : अरब सागरमा केन्द्रविन्दु बनाएर शाहीन नामको ट्रपिकल चक्रवात सुरु भएको छ । चक्रवातको असर मस्कटसम्म पर्ने भएकाले त्यहाँ रहेका नेपालीलाई सतर्कता अपनाउन नेपाली दूतावासले आग्रह गरेको छ । ओमानको विपद पूर्व सतर्कता केन्द्रका अनुसार मस्कटभन्दा ६ सय ५० किलोमिटर टाढा अरब सागरमा सुरु भएको चक्रवात तीव्र गतिमा ओमान […]

सम्बन्धित