एकको शब फेला एकको अवस्था अझै अज्ञात

सदरलाइन संवाददाता २४ भाद्र २०७८, बिहीबार १९:३३
 

नेपालगञ्ज  : बुधबार बिहानै बाँके बर्दियाको सिमा क्षेत्रमा रहेको मान नदीले बगाउदा बेपत्ता भएका बाँकेको खजुरा गाउपालिका–७ का ५५ वर्षिय विक्रम राईको विहिवार दिउँसो १२ :  २५ बजे शब फेला परेको छ ।

डुबेको स्थानबाट २० मिटर उत्तर तर्फ पानिमा डुबेको अवस्थामा उनको शब फेला परेको बाँके प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार बुधबार बिहान नजिकैको जंगलबाट दाउरा ल्याउने क्रममा १० बजे उनलाई मान नदीले बगाएको थियो ।


तर, बुधबार नै राप्ति नदिमा बगेर बेपत्ता भएका नेपालगञ्ज–१० भृकुटी नगरका सरोज चन्दको अवस्था भने अंझै अज्ञात रहेको प्रहरीले जानकारी दिएको छ । चन्द आफन्तको अस्तु बगाउन राप्ति नदिमा गएको बेलामा राप्ती नदीको सिद्धनियाँ घाटको राप्तीपुल नजिकै नदिमा डुबेर बेपत्ता भएका थिए ।

चन्द बुधबार बिहान साढे ११ बजे नदीमा डुबेका थिए । उनको खोजी भई रहेको जानकारी दिंदै नदीमा धमिलो पानी हुनुको साथै पानीको बहाव पनि तेज भएको कारण खोजीमा समस्या भएको बाँके प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीको तालिम प्राप्त गोताखोरले समेत खोजि गर्दा समेत चन्दलाई फेला पार्न नसकेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना महामारीका कारण बाँकेका चार दर्जन होटल बन्द

२४ भाद्र २०७८, बिहीबार १९:३३
नेपालगञ्ज : कोरोना भाइरस महामारीका कारण बाँकेका करिव चार दर्जन होटल व्यवसाय बन्द भएका छन् । लामो समयको लकडाउन र निषेधाज्ञाका कारण साना र मध्यम खालका होटल बन्द भएका हुन् । लकडाउन र निषेधाज्ञा हटेपनि होटल व्यवसायी भने तंग्रीन नसकेको होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीम कँडेलले बताए । उनले […]