स्वास्थ्य सामग्री हस्तान्त्रण

सदरलाइन संवाददाता ६ जेष्ठ २०७८, बिहीबार १६:४६
 

नेपालगञ्ज : रारा मानविय तथा बाताबरणीय स्रोत विकास प्रयास (रेरी) बैजनाथ–१ बाँके र सुशासनको क्षेत्रमा क्रियाशिल बास नेपालले एनटिभि कोहलपुरलाई कोभिड–१९ बिरुद्धको स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।

रेरीले कोभिड–१९ को महामारीबाट जोगिदै जनतालाई सुशुचित गर्ने अभियानमा रहेको एनटिभि कोहलपुरको कार्यालय परिसरलाई सेनिटाईज गर्ने उपकरण र त्यसमा प्रयोग हुने केमिकल उपलब्ध गराएको छ ।


रेरीका अध्यक्ष पुनित बिक्रम शाहले एनटिभि बाँके संवाददाता रुद्र सुवेदीलाई सो सामग्री हस्तान्त्रण गरेका हुन । यो संगै उनले बासले स्थापना गरेको मास्क बैंकलाई मास्क खरिदको लागि ५ हजार र भेरी अस्पताल परिसरमा सञ्चालनमा रहेको अन्जनीमाता रसोईलाई १० हजार सहयोग गरेका छन् ।

भेरी अस्पताल परिसरमा सञ्चालनमा रहेको अन्जनीमाता रसोईले भेरी अस्पतालका विरामी, तीनका कुरुवा र निषेधाज्ञाका कारण खाना खान नपाएकालाई लक्षित गरी २० रुपैयामा खाना उपलब्ध गराउदै आएको छ ।

यसैगरी बास नेपालले स्थापना गरेको मास्क बैंकले एपटिभि  कोहलपुरलाई केही मास्क र सेनिटाईजर उपलब्ध गराएको छ । बासका कार्यकारी निर्देशक नमस्कार शाह, हेमराज भट्ट, लुना बुढाथोकी लगायतले सो सामग्री  हस्तान्त्रण  गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा ५२८ संक्रमित थपिए, ४७५ जना डिस्चार्ज

६ जेष्ठ २०७८, बिहीबार १६:४६
नेपालगञ्ज : बाँकेमा कोरोना भाईरसका ५ सय २८ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भेरी अस्पतालको ल्याब गरिएको कुल ७ सय ८० जना मध्ये ४ सय ६१ र बागेश्वरी ल्याबमा १ सय ४७ जनाको परीक्षण गर्दा ६३ जना गरी बाँकेमा ५ सय २८ जनामा संक्रमणको पृष्टि भएको छ […]