राप्तीसोनारीका विद्यालय आइतवारदेखि खुल्ने

सदरलाइन संवाददाता २४ भाद्र २०७८, बिहीबार १२:५२
 

राप्तीसोनारी (बाँके) : राप्तीसोनारी गाउँपालिकाका विद्यालय २७ भाद्रबाट संचालनमा आउने भएका छन् । उक्त गाउँपालिका कोरोना संक्रमणको ग्रिन समुहमा परेपछि गाउँ शिक्षा समिति र प्रधानाध्यापकहरुको बैठकको निर्णय अनुसार २७ भाद्रबाट विद्यालय खोल्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत लोकबहादुर शाहीले बताए ।

नेपाल सरकारको स्मार्ट लकडाउन कार्यविधि २०७८ अनुसार स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरु अपनाउँदै सामाजिक दूरी कायम गरि सम्बन्धित विद्यालयले आफ्नो ब्यवस्थापन समितिको निर्णय गराई २७ भाद्रदेखि विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालयको शिक्षण सिकाई क्रियाकलाप संंचालन गर्न गराउन अनुरोध गरिएको उनले बताए ।


उनले जिल्ला कोभिड–१९ ब्यवस्थापन समितिको निर्णय बमोजिम विद्यार्थीको भौतिक उपस्थितिमा पठन पाठन गर्न लागिएको बताए । ‘विद्यार्थीको संख्या हेरेर धेरै विद्यार्थी भएको कक्षामा सिफ्ट प्रणालीमार्फत कक्षा सञ्चालन गर्न परिपत्र गरिएको छ,’ शाहीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमसीसीका उपाध्यक्ष फातिमाको टोली काठमाण्डौ पुग्यो

२४ भाद्र २०७८, बिहीबार १२:५२
कठमाण्डौ : अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्सको टोली नेपालको चारदिने भ्रमणका लागि काठमाण्डौ आइपुगेको छ । उनीहरु कतार एयरवेजमार्फत बिहीवार बिहान ९ बजेर २५ बजे काठमाण्डौ आइपुगको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । उपाध्यक्ष सुमारको टोलीले एमसीसी सम्झौताका बारेमा प्रधानमन्त्री शेरबहादुर […]