सदरलाइनडटकम,
कपिलबस्तु : तेह्र वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले शिवराज नगरपालिका वडा नं. १ का एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले स्थानीय २२ वर्षीय युवक खिमबहादुर विकलाई स्थानीय एक बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
पक्राउ परेका विकले बुधवार राति १३ वर्षीय एक बालिकालाई घर नजिकै शौचालयमा शौच गर्न गएको बेला जबरजस्ती समातेर मुख छोपी बलात्कार गरेको पीडित परिवारले आरोप लगाएको छ ।
पीडित परिवारको उजुरीका आधारमा युवक विकलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले बताए । मेडिकल रिपोर्टको आधारमा युवकमाथि कारवाही प्रक्रिया अघि बढ्ने प्रहरीको भनाई छ ।
बलात्कार जस्तो जघन्य अपराधमा पीडकलाई हदैसम्मको सजाय हुनुपर्ने भन्दै पीडित परिवारले प्रहरीलाई दबाब दिएका छन् भने सञ्चारकर्मीहरुसँग न्यायका लागि पहल गरिदिन अनुरोध गरेका छन् । घटनाको प्रकृतिका आधारमा प्रहरी अनुसन्धान र मेडिकल रिर्पोटअनुसार दोषीलाई नियमानुसार कारबाही हुने प्रहरी नायब उपरीक्षक रवि रावलले बताए ।