परम्परागत बाजागाजासहित मतमाग्दै बाम गठबन्धन

१५ मंसिर २०७४, शुक्रबार १९:३४
 

सदरलाइनडटकम   
१५ मंसिर, नेपालगन्ज : निर्वाचनको प्रचार अबधी ४ दिन मात्र बाँकी रहँदा बाँकेको क्षेत्र नम्बर ३ मा बाम गठबन्धनले बाजागाजा सहित घरदैलो सुरु गरेको छ । सीतापुरमा बाजागाजा सहित शुक्रबार घरदैलो भएको गठबन्धनको प्रचार सचिवालयले जनाएको छ ।
घरदैलोमा महिला र युवाहरुको बाहुल्यता रहेको थियो । सहभागीहरुले नाच्दै गाउँदै बामपन्थि उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरेका थिए । प्रतिनिधीसभाका उम्मेदवार नन्दलाल रोकाय, प्रदेशसभा १ का उम्मेदवार आईपी खरेल र प्रदेशसभा २ का उम्मेदवार बाबुराम गौतमको सहभागितामा घरदैलो र भेटघाट जारी रहेको निर्वाचन परिचालन कमिटीका सचिव रत्न खत्रीले जानकारी
दिए ।
क्षेत्र नम्बर ३ मा रहेका २४ वटै वटामा शुक्रबार पनि घरदैलो भएको र अधिकाँश स्थानमा उम्मेदवारहरुको सहभागिता रहेको थियो । क्षेत्र नम्बर ३ मा अगुवा कार्यकर्ता भेला र वडास्तरीय सभा सम्पन्न गरेर बाम गठबन्धनले टोलटोलमा घरदैलोको सुरुवात गरिएको जनाएको छ ।
प्रतिनिधीसभाका उम्मेदवार नन्दलाल रोकायले बामपन्थी गठबन्धनका उम्मेदवारको पक्षमा स्थानीय चुनावको भन्दा बढि उत्साह देखिएको बताए । उनले भने,– विकास र सम्बृद्धिको चाहना पुरा गर्न बाम उम्मेदवारलाई जिताउन मतदाता आतुर भएका छन् । निर्वाचन परिचालन कमिटीका संयोजक दलबहादुर सुनारले प्रतिनिधीसभा र प्रदेशसभामा बाम उम्मेदवारहरु अत्याधिक मतले बिजय हुने बताए । शुक्रबार खजुराको वडा नम्बर ४ डिगाउँ र ईगाउँमा समेत घरदैलो गरिएको छ ।


Next Post

मतदाताको सर्मथन जुटाउन कँडेलको दौडधुप जारी

१५ मंसिर २०७४, शुक्रबार १९:३४
सदरलाइनडटकम १५ मंसिर, नेपालगन्ज : बाँके प्रतिनिधी सभा क्षेत्र नम्बर २ मा एकिकृत राप्रपा राष्ट्रवादीबाट चुनावी मैदानमा रहेका तेजनारायण कँडेल शुक्रबार पनि घरदैलो र मतदाता भेटघाटलाई निरन्तरता दिएको प्रचार सचिवालयले जनाएको छ । उनले शुक्रबार नेपालगन्जको वडा नम्बर १८ कारकाँदो क्षेत्रमा घरदैलो गरेका छन् । घरदैलोका क्रममा कारकाँदो क्षेत्रका स्थानीय […]