खजुराद्वारा ६६ करोडको बजेट प्रस्तुत

१० असार २०७६, मंगलवार १९:५७
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकाले आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नुका साथै ६६ करोड २६ लाख ६५ हजारको बजेट प्रस्तुत गरेको छ । गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरे भने उपप्रमुख एकमाया विकले बजेट प्रस्तुत गरेकी थिइन् । म
ंगलवार खजुरा गाउँपालिकाको पाँचौ गाउँसभामा संघ, प्रदेश र आन्तरिक गरी उक्त बजेट प्रस्तुत गरिएको हो । प्रमुख कक्षपतिले नीति तथा कार्यक्रमले नागरिकको जीवनस्तरमा देख्न सकिने र नाप्न सकिने पूँचीको विकास, उत्पादन सहयोगी भौतिक पूर्वाधारको विकास, कृषि क्षेत्रको व्यवसायीकरण, आधुनिकीकरण गर्दै उत्पादन र उत्पादकत्व बढाउँदै बहुआयामिक कृषि क्षेत्रको विकासको गर्ने, गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच स्थापित, समावेशी र सन्तुलित विकास प्रवद्र्धन गर्ने, आधारभूत शिक्षालाई थप सुदृढ र गुणस्तरीय बनाउने, वातावरण संरक्षण विपद् व्यवस्थापनको पूर्वतयारी, न्यूनीकरण गर्ने पर्यटनलाई क्रस कटिङ क्षेत्रको रुपमा विकास गरी कृषि तथा पर्यापर्यटनलाई प्रवद्र्धन गर्ने, चुस्त दुरुस्त शासनको प्रत्याभूति दिनका लागि सुशासन र जवाफदेहिता प्रवद्र्धन गर्ने लक्ष्य र उद्देश्य लिएको बताए ।
नयाँ कार्यक्रमको रुपममा यसपालीको नीति तथा कार्यक्रममा खजुराका जनतासंग गाउँपालिका प्रमुख कार्यक्रम ल्याइएको छ । मूल नीति तथा क्षेत्रगत नीति तथा कार्यक्रम अन्तरगत आर्थिक विकास, कृषि, पर्यटन, उद्योग, सहकारी, शिक्षा, स्वास्थ्य, खेलकूद, खानेपानी तथा सरसफाई, संस्कृति, पूर्वाधार, लैंगिक समानता तथा समावेशीकरण, सामाजिक विकास, न्यायलगायतका विषयलाई जोड दिइएको छ ।
बजेटले वडा नं. ५, ६, ७ र ८ मा सडक कालोपत्रे, गाउँपालिकाको प्रशासनिक भवन निर्माण, चिल्डे«नपार्क, जेष्ठ नागरिकका लागि खुशीयाली घर निर्माण, विपन्न नागरिकका लागि आवास, फुटबल मैदान जस्ता गौरबका योजनालाई जोड दिएको छ । नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ भने विधान समिति संयोजक योगमाया खनालले प्रस्तुत गरेको आर्थिक तथा विनियोजना विधेयक पनि पारित गरिएको छ । प्रस्तुत बजेटमाथि थप छलफलका लागि पुनः बुधवार बैठक बोलाइएको छ ।

Next Post

बाँकेको नरैनापुरले ल्यायो ४३ करोडको बजेट

१० असार २०७६, मंगलवार १९:५७
सदरलाइनडटकम, नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकाले तेस्रो गाउँसभामा मंगलबार ४३ करोडको बजेट ल्याएको छ । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले आर्थिक बर्ष २०७६/७७ का लागि ४३ करोड ३४ लाख १ हजारको बजेट प्रस्तुत गरेका हुन । उनले प्रस्तुत गरेको बजेटमा पूर्वाधार विकासमा १३ करोड ६५ लाख ५० हजार, शिक्षामा […]