बाँकेमा बुधवार २८ संक्रमित थपिए, ३२ डिस्चार्ज

सदरलाइन संवाददाता २६ माघ २०७८, बुधबार १३:०६
 

नेपालगञ्ज : बाँकेमा पछिल्लो २४ घण्टामा २८ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणबाट २० र एन्टिजेन परीक्षणबाट ८ गरी २८ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

भेरी अस्पतालको पीसीआर ल्यावमा ८, कोहलपुर मेडिकल कलेजमा ९ जना र बागेश्वरी ल्यावमा ३ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । यी तीन अस्पतालमा ७८ जनाको नमुना जाँच भएको थियो ।


यस्तै भारतबाट फर्किने ३१८ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ८ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये बाँके जिल्लाका ११ जना छन् । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १९ हजार ८४७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३२ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या जिल्लामा १९ हजार ३५२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाघ गणनाका लागि जडान गरिएका क्यामेरा चोरी

२६ माघ २०७८, बुधबार १३:०६
नेपालगञ्ज : बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्नका लागि राखिएका ३३ क्यामेराहरु चोरी भएका छन् । त्यसमध्य ६ वटा क्यामेरा हात्तीले तोडफोड गरेका छन् । यतिखेर बर्दिया–बाँके राष्ट्रिय निकुञ्जमा बाघ चलिरहेको छ । त्यसका लागि बाँके र बर्दिया कम्प्लेक्समा चार वटा ब्लकमा बिभाजन गरी गणना भइरहेको छ । […]

सम्बन्धित