सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा नेपालगञ्ज १२ की १९ वर्षीया युवती र वडा नं. ११ का ३९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।
३९ वर्षीय पुरुष भने त्रिभुवन चोकस्थित मिठाई पसले रहेको बताइएको छ । साउन ८ गते त्रिभुवन चोकमा ज्याला मजदुरी गर्नेहरुलाई लक्षित गरी एक सय ३० जनाको स्वाब संकलन गरिएको थियो । सोही बेला मिठाई पसलेले पनि स्वाब दिएका थिए ।
उनीसँगै स्वाब संकलन गरिएका आन्तरिक राजस्व कार्यालय बाँकेमा कार्यरत जुम्ला गोठचौर २ घर भएका एक जना र बर्दियाको राजापुर ८ का ४ महिला र एक पुरुषमा कोरोना पुष्टि भएको छ । यस्तै बर्दिया ठाकुरबाबा ६ का एक जना पुरुषमा कोरोना संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ ।
Next Post
नेपालगञ्ज भन्सार कार्यालयद्वारा लकडाउनकै बीचमा पनि गतवर्ष कै हाराहारीमा राजस्व संकलन
१० श्रावण २०७७, शनिबार १७:४९
सम्बन्धित
-
२२ बैशाख २०७६, आईतवार २०:५१
उच्च अदालतका नासु तीन लाखसहित अख्तियारको फन्दामा
-
२० बैशाख २०७८, सोमबार १३:३९
बाँकेमा थप ८ जना कोरोना संक्रमितको मृत्यु
-
२५ माघ २०८०, बिहीबार १७:४६
निकुञ्ज क्षेत्रभित्र विकास निर्माणको काम अगाडि बढाइने
-
९ असार २०७३, बिहीबार १३:५९
डेटोनेटरसहित भारतमा नेपाली नागरिक पक्राऊ
-
२२ भाद्र २०७६, आईतवार १७:३०
अब नेपालगञ्जबाटै सिधै लखनउ मैत्रीबस सेवा सुरु
-
६ श्रावण २०८०, शनिबार १५:२५
रचना श्रेष्ठ महिला सदस्यमा मनोनित