तालिबानले शुक्रवार नयाँ सरकार घोषणा गर्नसक्ने

सदरलाइन संवाददाता १८ भाद्र २०७८, शुक्रबार १२:११
 

काठमाण्डौ : अफगानिस्तानमा तालिबानले नयाँ सरकार घोषणा गर्ने तयारी गरेको छ । नयाँ सरकारको घोषणाका लागि काबुलमा रहेको राष्ट्रपति कार्यालयमा एक समारोहको तयारी भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तालिबानका सर्वोच्च नेता हैबातुल्लाह अखुन्दजादा नै अफगानिस्तानको सर्वोच्च नेता घोषणा हुने सम्भावना रहेको खबरमा उल्लेख छ । केही दिनयता नयाँ सरकार घोषणा गर्न भन्दै तालिबानले छलफललाई निरन्तरा दिँदै आएको छ ।

छलफल लगभग टुङ्गिएकाले शुक्रवार नयाँ सरकार घोषणा हुन सक्ने अनुमान गरिएको हो । तालिबानको सरकारमा राष्ट्रपति र प्रधानमन्त्री हुने खबरमा उल्लेख छ । तर, सरकारमा महिला सहभागी हुनेनहुने बारे केही खुलाइएको छैन ।

तालिबानहरूले यसअघि सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा इस्लामिक सरिया कानुनअनुसार शासन चलाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

टोकियो पारा ओलम्पिक : नेपालकी पलेशा गोवर्धन पहिलो खेलमै पराजित

१८ भाद्र २०७८, शुक्रबार १२:११
काठमाण्डौ : जापानमा भइरहेको टोकियो पारा ओलम्पिक सन् २०२० मा नेपालबाट सहभागी एक मात्र खेलाडी तेक्वान्दोकी पलेशा गोवर्धन पहिलो खेलमै पराजित भएकी छन् । राउण्ड अफ १६ अन्तर्गत आज बिहान भएको खेलमा पलेशा बेलायतकी बेथ मुनरोसँग पराजित भएकी हुन् । पलेशाले महिला ५८ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् ।