बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन गर्ने पर्यटनको संख्या बढ्न थालेको छ । प्राकृतिक बासस्थानमा वन्यजन्तु र प्राकृतिक सौन्दर्य नियाल्न बिदेशिसङ्गै आन्तरिक पर्यटक बर्दिया राष्ट्रिय निकुञ्ज पुग्ने गरेका छन् ।
बर्दिया राष्ट्रिय निकुञ्जमा विशेष गरि प्राकृतिक बासस्थानमा बाघ हेर्न आउने पर्यटनहरुको घुइचो नै हुने गर्छ । बाघसङ्गै निकुञ्ज मुख्यालय ठाकुरद्वारामा रहेको गोहि प्रजनन केन्द्र, कछुवा, गैडा, बाघ हात्ति एवम् थारु सास्कृतिक संग्रहालय अवलोकनको लागि दैनिक सय भन्दा बढिको संख्यामा आन्तरिक पर्यटकहरुको भिड लाग्ने गर्दछ ।
निकुञ्ज भित्र जिप सफारी र पैदल मार्गबाटै पर्यटकहरुले विशेष गरि बाघ हात्ती गैडा तथा मृग प्रजाति एवम् जैविक बिबिधताको अवलोकन गरेका हुन्छन् । कोभिडको मारपछि सुनसान रहेको बर्दियाको पर्यटन व्यवसाय बिस्तारै चलायमान हुन थालेको पर्यटन व्यवसायि रामबहादुर थापा बताउँछन् । पर्यटको संख्या बडेसङ्गै बर्दिया राष्ट्रिय निकुञ्जले गतबर्षको तुलनामा राजस्व समेत दोब्बर संकलन गरेको छ ।
गत आर्थिक बर्षको पौष मसान्तसम्म ९ हजार ६ सय ९३ जनाले बर्दिया राष्ट्रिय निकुन्ज अवलोकन गरेका थिए भने १ करोड ११ लाख राजस्व संकलन भएको थियो । चालु आर्थिक बर्षको पौष मसान्त सम्ममा १२ हजार ३ सय ८२ जनाले बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन गरेका छन् भने २ करोड १७ लाख रुपैयाँ राजस्व संकलन भएको बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ सरक्षण अधिकृत अशोक रामको भनाई रहेको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जमा विशेष गरि बाघ हात्ति गैडा लगायतका दुर्लभ वन्यजन्तुको संख्यामा वृद्धि हुनुको साथै बिभिन्न फाटहरुमा देखिने मृग प्रजातिले पर्यटकको मन लोभ्याउने गर्छ । बाघ लगयातका यिनै वन्यजन्तु एवम् प्राकृतिक सुन्दरता र जैविक बिबिधताको अवलोकन गर्नका लागि पर्यटकको रोजाईमा पर्ने गरेको छ बर्दिया राष्ट्रिय निकुञ्ज ।