सदरलाइनडटकम,
नेपालगञ्ज : मास्क नलगाएर हिँड्नेहरुलाई बाँके प्रहरीले पक्राउ गर्न थालेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले मास्क अनिवार्य गरेको छ । मास्क नलगाएर हिँडेको पाइए कारवाही गर्न प्रहरीलाई निर्देशन दिइएको छ ।
नेपालगञ्जको त्रिभुवन चोकमा मास्क नलगाएर हिँड्ने सर्वसाधरणलाई पक्राउ गर्दै जरिवाना तिराएको छ । मास्क नलगाएर हिँड्नेलाई सय रुपैयाँ जरिमाना गर्ने गरिएको हो । बाँकेमा कोरोना संक्रमण दर घट्दै गएपछि बजारमा अस्वभाविक मान्छेको भीडभाड हुन थालेको छ ।
सामाजिक दूरी पालना गराउन असफल स्थानीय प्रहरी प्रशासन सर्वसाधरणलाई मास्क अनिवार्य गराउन भने तल्लिन भएको देखिन्छ ।
