दाङको सिस्ने खोलामा आएको बाढीले कार बगाउदा चारको मृत्यु एक घाइते

सदरलाइन संवाददाता १७ भाद्र २०७८, बिहीबार ०९:२५
 


दाङ :  दाङमा बाढीले गाडी बगाउँदा चार जनाको मृत्यु भएको छ । प्रदेश ०३–०१–०२४च ४४४० नम्बरको कारलाई बाढीले बगाएको हो । घोराही–लमही सडक खण्डको घोराही उपमहानगरपालिका–४ सिस्नेखोलामा आएको बाढीले गाडी बगाउँदा मृत्यु हुनेको संख्या चार पुगेको दाङका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक सुरेश काफ्लेले जानकारी दिए ।

घटनामा परि घोराही–१३ का ३२ बर्षिया सुशिला श्रेष्ठ, घोराही–१४ का ३० बर्षिया राधा श्रेष्ठ कुवर, घोराही–१३ का ४० बर्षिया रितामाया पुन र घोराही–१४ का ४२ बर्षिया विमला केसीको मृत्यु भएको हो । सो घटनामा एकै घरका दुई दिदिबहिनीको मृत्यु भएको छ ।


चालकलाई भने प्रहरीले उद्धार गरेको छ । भारतीय बजार रुपैडियाँमा किनमेल गरेर फर्कदै गर्दा गाडीलाई बाढीले बगाएको थियो ।

मृतक राधा र शुसिला घोराही उपमहानगरपालिका वडा नम्बर–१६ का वडासदस्य जगत श्रेष्ठका छोरीहरु हुन । चालक घोराही–१५ का ४० बर्षिय नरबहादुर पुनको खुट्टा भाँचिएको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरी अस्पतालमा दुई संक्रमितको मृत्यु

१७ भाद्र २०७८, बिहीबार ०९:२५
नेपालगञ्ज : बाँकेमा बिहीवार थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । दाङ र सल्यानका दुईजना महिलाको उपचारका क्रममा भेरी अस्प्तालमा मृत्यु भएको हो । योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका मृत्यु हुनेको संख्या चारसय पुगेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए । त्रिवेणी गाउँपालिका–६ […]