भेरी अस्पतालमा दुई संक्रमितको मृत्यु

सदरलाइन संवाददाता १७ भाद्र २०७८, बिहीबार १३:३८
 

नेपालगञ्ज : बाँकेमा बिहीवार थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । दाङ र सल्यानका दुईजना महिलाको उपचारका क्रममा भेरी अस्प्तालमा मृत्यु भएको हो ।

योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका मृत्यु हुनेको संख्या चारसय पुगेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।


त्रिवेणी गाउँपालिका–६ सल्यानकी ६६ वर्षीया महिलाको गएराती मृत्यु भएको हो । उनी भदौ ६ गते भेरी अस्पतालमा भर्ना भएका थिइन् । उनलाई साउन ३२ गते कोभिड पुष्टि भएको थियो ।

यस्तै गढवा गाउँपालिका–६ दाङकी ९५ वर्षीया महिलाको बिहीवार विहान मृत्यु भएको छ । यही १२ गते अस्पताल भर्ना भएकी उनलाई त्यसको भोलिपल्ट कोभिड पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा मनोरञ्जन क्षेत्र व्यवस्थित बनाइने

१७ भाद्र २०७८, बिहीबार १३:३८
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाले मनोरञ्जन तथा सत्कार क्षेत्रलाई थप व्यवस्थित बनाउने भएको छ । मनोरञ्जन तथा सत्कार सेवा क्षेत्र व्यवस्थापन तथा अनुदानका लागि निर्देशिका निर्माण गर्न लागिएको छ । नेपालगञ्ज उप–महानगरपालिका मानव वेचविखन तथा ओसारपसार नियन्त्रण स्थानीय समितिको आयोजनामा बिहीवार निर्देशिकाको प्रारम्भिक मस्यौदामाथि छलफल भएको छ । जिल्ला प्रशासन, अधिकारको […]

ताजा अपडेट