वाम गठबन्धनलाई जिताउन नेपालगन्जका मुस्लिम एकजुट हुँदै

५ मंसिर २०७४, मंगलवार १९:१२
 

सदरलाइनडटकम 
५ मंसिर, नेपालगन्ज : बाँकेमा वाम गठबन्धनका उम्मेदवारलाई जिताउन नेपालगन्जका मुस्लिमहरु एकजुट भएका छन् । बाँके क्षेत्र नं. २ बाट प्रतिनिधिसभा पशुपतिदयाल मिश्र र क्षेत्र नं. २ (ख) बाट प्रदेशसभामा विजय गुप्ता उम्मेदवार भएपछि बाँकेको सम्वृद्धिका लागि मुस्लिम मतदाताहरुले एकजुट भएका हुन् ।
नेपालगन्जमा मंगलबार भएको मुस्लिम अगुवाहरुको भेलाले मुस्लिम मतदाताहरु वाम गठबन्धनलाई जिताउन एकजुट भएर लागेको दावी गरेका छन् ।    राजनीतिक  स्थायीत्व र  विकासका  लागि वाम गठबन्धनलाई जिताउनुको विकल्प नभएको बताएका छन् । मुलुकलाई राजनीतिक स्थायीत्व, शान्ति, विकास र समृद्धिको सुनिश्चितताका लागि वाम गठबन्धनका पक्षमा मुस्लिम मतदाताहरु एकजुट भएर लाग्ने मुस्लिम अगुवाहरुको दावी छ । यही मंसीर ९ गते नेपालगन्जमा बृहद मुस्लिम भेला  गर्ने  भएको  छ ।  वाम  गठवन्धनको सफलतामा समग्र बाँके जिल्लाको भविष्य जोडिएकोले मुस्लिम मतदाताहरु एकजुट भएर वाम गठबन्धनको पक्षमा उभिने दावी गरिएको छ ।
संयुक्त वाम गठवन्धन निर्वाचन परिचालन समिति बाँकेका संयोजक दिनेशचन्द्र यादवको प्रमूख आतिथ्यता तथा मो.शेर वागवानको अध्यक्षतामा भएको भेलामा नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय उपाध्यक्ष ताज मोहम्मद मियाँ, मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष अत्तहर हुसैन फारुकी, संयुक्त वाम गठवन्धन निर्वाचन परिचालन समिति बाँकेका सचिव मो.हारुन, पूर्व सांसद साविया प्रविण अन्सारी, मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय सदस्यत्रय बदरुद्दीन मियाँ, खलिल मियाँ, रिजवान शेष, मो.उमर, शम्सुद्दिन सिद्दिकी, अब्दुल वाहिद मन्सुरी चुन्ना लगायतले वाम गठबन्धनलाई जिताउनका लागि एकजुट हुन आग्रह गरेका थिए ।

Next Post

जुम्लाका बुढाले चुमे नेपालगन्ज म्याराथन तेस्रे संस्करणको उपाधी

५ मंसिर २०७४, मंगलवार १९:१२
सदरलाइनडटकम ५ मंसिर, नेपालगन्ज : बिस्तृत शान्ति सम्झौताको दिनमा आयोजना हुने ‘नेपालगन्ज म्याराथन’को तेस्रोे संस्करण उपाधी जुम्लाका दुर्गाबहादुर बुढाले २ घन्टा २६ मिनेट ५८ सेकेन्डमा दौड पुरा गर्दै चुमेका छन् । विभागिय टोलीका खेलाडीलाई झन्डै २२ सेकेन्डपछि पार्दै दुर्गाले सो उपाधि हात पारेका हुन । विजेता बुढा बाहेक शीर्ष ८ […]

सम्बन्धित