चितुवाको आक्रमणबाट बर्दियामा २२ बाख्रा मरे

सदरलाइन संवाददाता ११ आश्विन २०७८, सोमबार १३:०५
 

बर्दिया : चितुवाको आक्रमणबाट बर्दियामा २२ वटा बाख्रा मृत अवस्थामा फेला परेका छन् । बर्दिया गुलरिया नगरपालिका वडा नं. ५ सन्तोषी टोल बस्ने चन्द्रकान्त पौडेलले सञ्चालन गरेको बृष पशुपंक्षी तथा बाख्रा पालन फर्ममा आइतवार राती चितुवाले आक्रमण गर्दा २२ वटा बाख्रा मरेका हुन् ।


रातीको समयमा चितुवा आई खोरमा रहेका २२ वटा खसी तथा बाख्रा मारेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । रातीको समयमा एक्कासी यति धेरै बाख्रा मारेको सुचना प्राप्त हुनासाथ तत्काल घटनास्थलमा प्रहरी पठाईएको थियो । प्रहरी सो ठाउँमा पुग्दा सबै खसी तथा बाख्रा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा आईसीयू सञ्चालन सम्बन्धि तालिम शुरु

११ आश्विन २०७८, सोमबार १३:०५
नेपालगञ्ज : पश्चिम नेपालमै पहिलो पटक आईसीयू सञ्चालन सम्बन्धि दुई दिने तालिम सोमवारदेखि नेपालगञ्जमा शुरु भएको छ । सुदूरपश्चिम प्रदेशका मेडिकल अधिकृत तथा नर्सिङ कर्मचारीलाई लक्षित गरेर आयोजना गरिएको तालिम नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुुरमा शुरु भएको हो । यसअघि यस्ता तालिमहरु काठमाण्डौमा हुने गरेका थिए । यो पटक […]