युनेस्को आयोगद्वारा बिपन्न र बालबालिकालाई मास्क वितरण

सदरलाइन संवाददाता १८ भाद्र २०७८, शुक्रबार १५:४७
 

नेपालगञ्ज :  कोरोना संक्रमणका बिरुद्ध युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगले बाँकेका मदरसामा अध्ययनरत बालबालिका, विद्यालयका विद्यार्थी, विपन्न परिवार र अनाथ बालबालिकालाई एन–९५ मास्क वितरण गरेको छ ।

कोरियन युनेस्को आयोगद्वारा प्राप्त भएको मास्कलाई बाँके युनेस्को क्लबको समन्वयमा नेपालगञ्जमा वितरण गरिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले जानकारी दिए ।

युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सह–सचिव डा. बाबुराम अधिकारी, नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सदस्य हरिवंश किराँत, नफुकनका मानार्थ उपाध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सदस्य दिपक सरकारले नेपालगञ्जका विभिन्न ठाउँमा पुगेर सो मास्क वितरण गरेका हुन ।

बाँकेको भ्रमणमा रहेका आयोगका सहसचिव डा.अधिकारी लगायतको सो टोलीले नेपालगञ्जको मदरसा बरकातिया माविलगायत विभिन्न स्थानमा पुगेर कोभिड– १९ विरुद्ध सचेतना फैलाउँदै मदरसाका बालबालिका, विपन्न परिवार, विद्यालय जाने बालबालिका र अनाथ बालबालिकालाई मास्क वितरण गरेको थियो ।


कोरियन युनेस्को आयोगबाट प्राप्त भएको केएफ–९४ मास्कलाई नेपालगञ्जका विभिन्न ठाउँमा वितरण गर्न पाउँदा खुशी लागेको आयोगका सहसचिव अधिकारीले बताए ।

मास्क वितरणपछि प्रतिक्रिया दिंदै मदरसा बरकातियाका सञ्चालक मौलाना जियाउल मुस्तफा नुरानीले आयोगको टोलीले मदरसामै आएर बालबालिकालाई काुभिड विरुद्ध चेतना प्रदान गर्नुका साथै मास्क समेत वितरण गरेकोमा आयोगप्रति आभार व्यक्त गरे ।

उनले अहिले बालबालिकाहरु जोखिममा रहेको कुराहरु सुनिएकोले बाल बालिकालाई मास्क वितरण र सचेतनामुलक सन्देश दिनु सारै सकारात्मक रहेको बताए । आयोगको टोलीले कोभिड–१९ नियन्त्रण लगायत युनेस्को आयोगको कामहरुका बारेमा बाँके युनेस्को क्लब लगायत जिल्लाका विभिन्न संघसंस्थाहरुसंग पनि छलफल गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चारकिलो सुनसहित नेपालगञ्ज विमानस्थलबाट दुईजना नियन्त्रणमा

१८ भाद्र २०७८, शुक्रबार १५:४७
नेपालगञ्ज :  श्री एयरलाईन्सको काठमाण्डौ–नेपालगञ्जको नियमित उडानबाट आएका दुई जनाको साथबाट बाँके प्रहरीले चार किलो सुन बरामद गरेको छ । नेपालगञ्ज विमानस्थलबाट झापा बिर्तामोड–८ का २६ वर्षिय अमिर लगुन विश्वकर्मा र मोरङ्ग लेटाङ्ग नगरपािलका घर भएका २६ वर्षिय बुद्धीमान खातीलार्ई ४ किलो सुन सहित नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको प्रहरीले […]

सम्बन्धित