सदरलाइनडटकम,
२३ साउन, नेपालगन्ज : पूर्वपश्चिम राजमार्गमा आईतबार विहान भएको सवारी दुर्घटनामा परी १० जना घाइते भएका छन् भने एकको अवस्था गम्भीर रहेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईले दिएको जानकारी अनुसार ढकेरी र शम्शेगन्जको बीचमा पूर्वबाट पश्चिम आउदै गरेको ना ६ ख २५५१ नं.को यात्रुबाहक बस र पूर्वतर्फ जाँदै गरेको भे १ त ५८१६ नंबरको ट्याक्टर एक आपसमा ठोक्किदा १० जना घाइते भएका थिए ।
घाइतेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ । सो दुर्घटनामा परि बाँके बैजापुरका १० वर्षिय राजकुमार थारुको टाउकोमा चोट लागि गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
