जनगायक जेबी टुहुरेको उपचारको क्रममा निधन

सदरलाइन संवाददाता १० भाद्र २०७८, बिहीबार १८:४२
 

काठमाण्डौं : जनगायक जेबी टुहुरेको उपचारको क्रममा निधन भएको छ । केही दिनअघि राजधानीको बयोधा अस्पतालमा उपचारका लागि भर्ना भएका टुहुरेको बिहीबार साढे १२ बजे निधन भएको राष्ट्रिय नाचघरको पूर्व महाप्रवन्धक राजेश थापाले जानकारी दिए ।

उनी ७८ वर्षका थिए । उनलाई मुटुसम्बन्धी समस्या, फोक्सो, मधुमेह र उच्च रक्तचापको समस्या थियो । गत मंगलबार उनलाई मष्तिष्क घातसमेत भएको थियो ।

उनको शव श्रद्धाञ्जलीका लागि बिहीबार दिउँसो १ देखि २ बजेसम्म पेरिसडाँडास्थित माओवादीको पार्टी कार्यालयमा राखि अन्तिम संस्कारको लागि पशुपतिमा लगिएको थियो ।


जनगायक टुहुरे वि.सं. २००१ कात्तिक १५ गते धरानमा जन्मिएका थिए । उनी पिता कृष्णबहादुर खड्गी, माता दानदेवी खड्गीका जेठो छोराको रूपमा जन्मिएका थिए ।

जेबी टुहुरेको वास्तविक नाम जुठबहादुर खड्गी हो । जब २०२१ सालमा उनका पिताको निधन भयो, त्यसपछि उनले आफ्नो नामको पछाडि टुहुरे जोड्न थालेका हुन् ।

उनी कम्युनिष्ट आन्दोलनलाई गीतको माध्यमद्वारा अगाडि बढाउने सर्जक भनेर चिनिन्छन् । पञ्चायतकालदेखि नै कम्युनिष्ट पार्टीमा लागेर उनले कैयन गीत गाए, बुढापाका र महिलाहरूलाई कम्युनिष्ट आन्दोलनमा आकर्षित गराए । उनले गाएको ‘आमा दिदी बहिनी हो’ बोलको गीत उनको सबभन्दा लोकप्रिय गीत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट भेरीमा एक जनाको मृत्यु

१० भाद्र २०७८, बिहीबार १८:४२
नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा शुक्रबार कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको हो । त्रिवेणी गाउँपालिका–७ रोल्पाका ५५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए । उनलाई विहीबार भाइरस संक्रमण पुष्टि भएको […]

ताजा अपडेट