सदरलाइनडटकम,
गुल्मी : जीप दुर्घटना हुँदा गुल्मीमा एकै परिवारको पाँच जना घाइते भएका छन् । भाइटीका लगाइदिन शुक्रवार माइत जाँदै गर्दा बा १० च ६१५२ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा रेसुङगा नगरपालिका १ की ४५ वर्षीया निर्मला केसी, २३ वर्षीया सन्ध्या केसी, २६ वर्षीया प्रवेश केसी, १६ वर्षीया पुष्पा राना र रुपन्देही फूलवारीकी २१ वर्षीया मोनिका घिमिरे घाइते भएका हुन् ।
घाइते सबैलाई थप उपचारका लागि सेनाको हेलिकोप्टरबाट काठमाण्डौको महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको छ । सदरमुकाम तम्घासदेखि रेसुङगा नगरपालिका ३ भाड गाउँ जाँदै गर्दा बिहान ११ बजे जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब निरीक्षक शिवबहादुर खत्रीले बताए । मोनिका निर्मला केसीकी दिदीकी छोरी हुन् भने राना घरमा काम गर्ने कामदार रहेको प्रहरीले जनाएको छ ।
Next Post
चक्कु प्रहारबाट एकको मृत्यु
२३ कार्तिक २०७५, शुक्रबार १७:११
सम्बन्धित
-
६ चैत्र २०७९, सोमबार १३:४६
मिनी ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
-
१२ चैत्र २०७४, सोमबार १९:२४
खजुरा ५ र ६ नंम्बर वडा खोप सुनिश्चित घोषणा हुंदै
-
२२ पुष २०७८, बिहीबार १८:४३
स्व.मोहम्मदी सिद्धिकीको सम्झनामा स्मारिका विमोचन
-
८ बैशाख २०८०, शुक्रबार १५:३१
बालमैत्री स्थानीय शासनका विषयमा अन्तरक्रिया सम्पन्न
-
३ बैशाख २०७५, सोमबार १९:१८
गाँजा बरामद पछि नष्ट
-
२१ माघ २०७६, मंगलवार १६:३८
गोठको आगो निभाउँदा महिलाको मृत्यु