बर्दिया : बर्दियामा बालविवाह रोकथाम न्यूनिकरण तथा अन्त्यका लागि समुदाय स्तरसम्म सचेतना सन्देश लिएर युवालाई परिचालन गरीएको छ ।
प्लान इन्टरनेशनल नेपालसंँगको साझेदारीमा बर्दियाको राजापुर, गुलरिया, बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकामा बाँके युनेस्को क्लवद्वारा सन्चालित बालविवाह, छिटो विवाह तथा जबरजस्ती हुने विवाहा रोकथाम परियोजना अन्तरगत सो कार्य गरिएको हो ।
समुदायमा परिचालित भएका युवाले बालविवाह रोकथाम, न्यूनिकरण र अन्त्यका लागि समुदायमा रहेका आमा समूह, महिला बचत समूह तथा विभिन्न समुहमा आवद्ध रहेका अभिभावकलाई उनीहरुको समुहमै पुगेर बालविवाहको नकारात्मक प्रभाव, यसले पार्ने असरका विषयमा जानकारी दिने तथा बालविवाह किन गर्नु हुँदैन भनेर सचेतनामुलक सदेश प्रवाह गर्ने जिम्मेवारी तोकिएको छ ।
यसैक्रममा स्थानीय युवा मतिन शेखले बर्दियाको गुलरिया नगरपालिका, वडान १२ का १० जना युवालाई बालविवाह रोकथामका लागि प्रशिक्षक प्रशिक्षण तालिममा सहभागि भएका युवाहरुले गुलरियाकै वडा न ११ को जोशिपुरका मधेसी तथा मुस्लिम समुदायका आमा समूह र कृषक समुहका १० जना सदस्यहरुलाई बाल विवाह, यस्को असर, कानुनी प्राबधान तथा बालबिबाह रोकथाममा अभिभावक तथा समुहको भुमिका बारे एक दिने बाल विवाह बिरुद्धको सचेतना सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न गरिएको बताए ।
उनले कोभिड–१९ को प्रकोपको बेलामा बाल बिवाहका घटनाहरु बढेकाले समुदायलाई शिक्षा दिने उद्देश्यले समुदायस्तरमै पुगेर यस्ता कार्यक्रम गरिएको जानकारी दिए । यसैगरी गुलरियाको अति जोखिम युक्तटोलको पहिचान गरी समुदायमा बालविवाह सामाजिक कुकार्य हो यसले समाजलाई गलतबाटोमा लैजाने कुराको सन्देस लिएर आफुहरु समाज तथा समुदायमा पुग्ने गरेको स्थानीय तोफिक खानले बताए ।
उनले प्लान नेपाल र बाँके युनेस्को क्लवले आफुहरुलाई समाजमा रहेका कुरुती बिरुद्ध काम गर्नको लागि अभिप्रेरित गरेकोमा धन्यवाद समेत दिए ।