बाँकेमा शुक्रवार २४ जना कोरोना जितेर घर फर्के

सदरलाइन संवाददाता २३ आश्विन २०७७, शुक्रबार ०९:२४
 

नेपालगञ्ज : बाँकेमा थप २४ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका ६ महिला १८ पुरुष गरी २४ जना शुक्रवार डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ६२ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।


अब आइसोलेशनमा बाँकेका ५ सय ५ र अन्य जिल्लाका २० गरी ५ सय २५ जना रहेका छन् । बाँकेमा हालसम्म २ हजार २ सय ८९ जनामा कोरोना पुष्टि भएको छ भने २३ जनाको मृत्युु भईसकेको छ ।

Next Post

भारतीय मन्त्री रामविलास पासवानको निधन

२३ आश्विन २०७७, शुक्रबार ०९:२४
नेपालगञ्ज : भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको ७४ वर्षको उमेरमा निधन भएको छ । केही समयअघि मात्रै मुटुको अप्रेशन गराएका मन्त्री पासवानको दिल्लीमा रहेको एस्कर्ट्स अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी भारतको उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्री थिए । ५ दशकदेखि भारतीय राजनीतिमा […]