कञ्चनपुरको स्विमिङ पुलमा डुबेर एकजनाको मृत्यु

सदरलाइन संवाददाता १० जेष्ठ २०७९, मंगलवार १७:३९
 

कञ्चनपुर : कञ्चनपुरको एक स्विमिङ पुलमा डुबेर पुरुषको मृत्यु भएको छ । जिल्लाको होटल ओपेराको स्विमिङ पुलमा डुबेर भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।


प्रहरीका अनुसार मंगलवार दिउँसो नुहाउने क्रममा भारतको उत्तर प्रदेशस्थित रामपुरका ३८ वर्षीय फैज अहमदको मृत्यु भएको छ । पौडी खेल्न नजान्ने उनी पुलमा डुबेपछि होटलका कर्मचारीले उद्धार गरी महाकाली अस्पताल पुर्याएका थिए । अस्पताल पुर्याइएपछि चिकित्सकले अहमदलाई मृत घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बालिकामाथि दुर्व्यवहार गरेपछि युवकद्वारा आत्महत्या

१० जेष्ठ २०७९, मंगलवार १७:३९
कञ्चनपुर : कञ्चनपुरमा एक युवकले बालिकामाथि दुर्व्यवहारपछि आत्महत्या गरेका छन् । मंगलवार भीमदत्त नगरपालिका–२ उल्टाखामका ३४ वर्षीय दिनेश मालीले आफ्नै घरको कोठामा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । उनले छिमेकी ११ वर्षीया बालिकामाथि दुव्र्यवहार गरेपछि आत्महत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले बताए । बालिकाको परिवारले […]