एकै व्यक्तिको तीनवटा जन्मदर्ता, कीर्ते गरेर मुद्दा चलाएको दाबी

सदरलाइन संवाददाता १४ भाद्र २०७८, सोमबार १८:१४
 

डुडुवा (बाँके)  : बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर १ बाट एक युवतीको तीन वटा फरक–फरक मितिमा जन्मदर्ता भएको पाइएको छ । केही समय अघि डुडुवा गाउपालिका–१ टेपरीका दिनानाथ मौर्यलाई सोही गाउकी एक किशोरीले भारतीय युवकसंग प्रेम विवाह गरेपछि ती युवतीका आफन्तले दिनानाथको नाउमा अपहरण, बेचविखन, बालविवाहलगायतको विषयमा प्रहरीमा मुद्दा हालेपछि सो कुराको खुलासा भएको हो ।

ती युवतीको जन्मदर्ता वडा कार्यालयको रेकर्डअनुसार १ वैशाख २०५९, १० वैशाख २०६० र १ वैशाख २०६४ गरी तीनवटा भेटिएको छ । पछिल्लो जन्म मितिको आधारमा दिनानाथमाथि प्रहरीमा बालविवाहको मुद्दा दर्ता भएको छ । मंगलबारदेखि उनीमाथि थुनछेक बहस सुरु हुँदैछ ।

२०६४ सालमा जन्मदर्ता उल्लेख भएकी ती किशोरीको बुवाको २० असोज २०६१ मा नै मृत्यु भएको मृत्युदर्ता प्रमाणपत्र वडा कार्यालयबाट जारी भएको छ भने आमाको पनि ३ चैत २०६४ मा मृत्यु भएको मृत्युदर्ता भेटिएको छ । प्रहरीमा मुद्दा परेपछि दिनानाथका आफन्त किशोरीको जन्मदर्ताको प्रतिलिपी लिन जँदा वडाले दिन नमिल्ने भन्दै फर्काएको थियो ।

दिनानाथकी आमा संगितादेवी मौर्यले आफ्नो निर्दोष छोरालाई फसाउने नियतले झुटो कागज बनाएको दाबी गर्दै भनिन, ‘केटीको बाबुको मृत्यु २०६१ असोजमै भएपछि कसरी २०६४ वैशाखमा छोरी जन्मिइन? जबकी उनको आमाको अर्को विवाह पनि भएको छैन । यो सरासर मेरो छोरोलाई फसाउने षड्यन्त्र हो ।’

उनले आफ्नो छोरा निर्दोष रहेको र उसलाई मुक्त गराई दिनको लागि वडाध्यक्ष, पालिका अध्यक्ष लगायतलाई गुहार्दा पनि सुनुवाइ नगरेको गुनासो गरिन् ।


स्थानीय रामकुमार बाहुनले वडा कार्यालयले एक व्यक्तिको तीनवटा फरक–फरक मितिमा जन्मदर्ता भएको पाइएपछि वडाबाट त्यसको प्रतिलिपि माग गर्दा आफूहरुलाई वडा सचिव विद्याराम यादवले उपलब्ध गराउन नसक्ने बताएको गुनासो गरे । उनले आफूले गरेको कीर्तेको पोल खुल्ने डरले नदिएको दाबीसमेत गरे ।

उनले ती किशोरी भारतीय नागरिक शेषराम यादवसँग प्रेम विवाह गरी भारत गएको र भारतीय प्रहरीले नेपाली प्रहरीको रोहबरमा परिवारलाई बुझाएको केही दिनमै दिननाथमाथि किशोरीका आफन्तले अपहरण, बेचविखन, बालविवाहको आरोप लगाउदै मुद्दा दर्ता गरेको र वडाले ती किशोरीको जन्मदर्ताको प्रतिलिपी दिनानाथले मुद्दाको प्रतिउत्तर लगाउन माग गर्दा दिन नमिल्ने भन्दै फर्काई दिएको बताए ।

गाउँपालिकाको वडा कार्यालयमा रहेको जन्मदर्ता किताबमा ती किशोरीको २०६० लाई केरमेट गरी २०६४ बनाएको स्पष्ट देखिने प्रमाण प्राप्त भएको छ । डुडुवा गाउँपालिका वडा नम्बर १ का वडासचिव विद्याराम यादवले आफूले ती किशोरीको जन्मदर्ता नगरी प्रतिलिपी मात्र दिएको दाबी गरे । उनले किशोरीका आफन्तले नै सरकारी कागजात हेर्छु भनेर कीर्ते गरेको हुनसक्ने दाबी गरे । न्युज कारखानाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वेपत्ता परिवारको एउटै स्वर : हाम्रो मान्छेको अवस्था कहिले सार्वजनिक हुन्छ ?

१४ भाद्र २०७८, सोमबार १८:१४
नेपालगञ्ज  : नेपालगञ्ज उप–महानगरपालिका–२२ पुरैनीकी तुलसी विष्टका श्रीमान वेपत्ता भएको १८ वर्ष भयो । २०६० साउन २४ गते आफ्नी आमासंग नेपालगञ्जमा सामान्य किनमेल गर्न आएका उनका श्रीमानलाई एकछिनमा पठाईदिन्छु भन्दै जबरजस्ती लिएर गएका थिए । साँझसम्म त कसो नआउलान भनेर बाटो कुरेकी तुलसीले घटना भएको तीन दिनपछि आफ्ना श्रीमानको खोजिमा […]

सम्बन्धित