नरैनापुरका नवनिर्वाचित अध्यक्ष उपाध्यक्षले गरे पदभार ग्रहण

सदरलाइन संवाददाता ९ जेष्ठ २०७९, सोमबार १८:१७
 


नरैनापुर (बाँके) :  बाँकेको नरैनापुर गाउँपालिकाका नव निर्वाचित अध्यक्ष उपाध्यक्षले पदभार ग्रहण गरेका छन । पालिका अध्यक्ष इस्तियाक अहमद शाह, उपाध्यक्ष जयन्ती देवी श्रीवास्तव सहित ६ वटै वडाका अध्यक्षले सोमवार पदभार ग्रहण गरेका हुन ।

दोस्रो कार्यकालको लागि पदभार गर्दै गरेका पालिका अध्यक्ष शाहले पदभार ग्रहण गर्दै गर्दा विभिन्न ५ निर्णयसमेत गरेका छन् । उनले गरेका निर्णयहरुमा शिक्षालाई विशेष प्राथामिकतामा राखिएको छ । उनले भने–‘ नरैनापुरमा विकासको लागि अन्य क्षेत्रमा केही प्रगति भए पनि शिक्षाको क्षेत्रमा भने अझै धेरै काम गर्न बाँकी रहेकोले शिक्षालाई प्राथमिकतामा राखिएको हो ।’ आगामी आर्थिक वर्ष २०७९–०८० बाट कार्यान्वयन हुने गरी अध्यक्ष शाहले ५ निर्णयमा हस्ताक्षर गरेका हुन ।

पदभार ग्रहणका क्रममा केही महत्वाकांक्षी निर्णय गरिएको र ती निर्णय आगामी आर्थिक वर्षदेखि कार्यान्वय हुने जनाउँदै अध्यक्ष शाहले गरिएका निर्णय कार्यान्वयन गराउन विशेष ध्यान दिने पनि बताए । उनले अघिल्लो कार्यकालमा पुरा गर्न नसकेका कामलाई यस पटक पुरा गर्ने र विकास निर्माण र गाउँपालिकाले दिने सेवा सुविधामा कुनै पनि भेदभाव नगरिने प्रतिवद्धता जनाएका छन् ।


नरैनापुर गाउँपालिकाको बाँकी रहेका स्थानमा बिधुतिकरण कार्य सम्पन्न गरी प्रत्येक वडाको चौकमा हाइमाष्ट फलड लाइट जडान गर्ने, नरैनापुर १ महतानियामा ३ करोडको लागतमा माध्यमिक विद्यालय निर्माण गर्ने, गाउँपालिका अध्यक्षको पारिश्रमिकबाट हरेक बर्ष एसईईमा सबै भन्दा उत्कृष्ट जीपिए ल्याउने एक विद्यार्थीलाई ल्यापटप दिने, जयकिसान माविलाई क्याम्पस बनाउने, हरेक माध्यमिक विद्यालयलाई एक एक वटा स्कुलबस प्रदान गर्ने निर्णय पहिलो दिन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जमुनाह हेल्थ डेस्कको सेवा प्रवाहको बारे स्वास्थ्य विभागको काल्पनिक अभ्यास

९ जेष्ठ २०७९, सोमबार १८:१७
नेपालगञ्ज : नेपालगञ्जको सिमानाका जमुनाहमा कोभिड–१९ जस्ता महामारी जन्य रोग नियन्त्रणको लागि स्थापना गरिएको हेल्थ डेस्कले दिदै आएको सेवा प्रवाहको बारेमा स्वास्थ्य सेवा विभाग महामारी व्यवस्थापन शाखाले काल्पनिक स्वास्थ्य अभ्यास गरेको छ । बिभागले हेल्थ डेस्कले दिदै आएको सेवाको अवस्थाका बारेमा के कस्तो रहेकोछ भन्ने जानकारी दिनको लागि हेल्थ डेस्कमा […]