बाँकेमा ट्रकको ठक्करबाट एकजना घाइते

सदरलाइन संवाददाता १ पुष २०८०, आईतवार १७:३५
 

नेपालगञ्ज : कोहलपुरमा सडक दुर्घटना बढिरहेको बेला फेरि बाटो काटिरहेका एक पैदल यात्रुलाई आइतवार ट्रकले ठक्कर दिँदा बैजानाथ गाउँपालिका ३ का हरि थारु घाइते भएका छन् । ६२ बर्षीय थारुलाई कौशल्या अस्पताल अगाडि बाटो काट्ने क्रममा ठक्कर दिएको ईलाका प्रहरी कोहलपुरले जनाएको छ ।

थारुलाई कोहलपुर शिक्षण अस्पतालमा उपचार सम्भब नभएपछि थप उपचारका लागि नर्सिङहोम नेपालगञ्ज ल्याएको छ । यसअघि ईलाका प्रहरी कोहलपुरका प्रहरीकै जवानलाई बोलेरो जिपले ठक्कर दिँदा बिशाल ओलिको मृत्यु भएको थियो ।


दुर्घटनालाई मध्यनजर गर्दै ईलाका प्रहरी कोहलपुरका डिएसपी सुन्दर तिवारीले मापसे सेवन गरेर गाडी चलाउनेलाई कडा निगरानी बढाएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरस्थित भेरी शीत भण्डारले किसानलाई सहजता

१ पुष २०८०, आईतवार १७:३५
नेपालगञ्ज : पश्चिम नेपालको पुरानो भेरी शीत भण्डार यसक्षेत्रका किसानलाई बरदान सावित भएको छ । विसं २०६५ मा बाँकेको कोहलपुरमा स्थापना भएको उक्त शीत भण्डार मध्य तथा सुदूरपश्चिमका किसानका लागि बरदान सावित भएको हो । कृषि क्षेत्रको उत्पादनलाई वृद्धि गदै त्यसको सुरक्षित भण्डारको आवश्यक देखिएपछि यसका स्थापना गरिएको भेरी शीत […]

सम्बन्धित