उजुरीकर्तासहति ७ जनालाई जनही २५ लाख धरौटी माग

८ श्रावण २०७६, बुधबार १९:३०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : सिटिजन्स बैंक लिमिटेड नेपालगन्ज शाखामा भएको नक्कली र कम तौलको सुन धितो काण्डमा बैंकका प्रवन्धकसहित ७ जनालाई जनही २५ लाख धरौटी माग गरिएको छ ।
उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासमा सोमबारदेखि भएको थुनछेक बहसमा अदालतले ७ जनाउपर जनही २५ लाखका दरले धरौटी माग गरेको हो । बैंकमा सुन धितो राखेर रकम निकाल्ने ४ जना तथा बैंकका प्रवन्धक विवेक स्वाँर, सहायक प्रवन्धक शंकर जोशी, खजान्ची ज्योति सुनार, सुन धितो राख्ने ईश्वर सुनार, रमेश सुनार, दीपक विश्वकर्मा, दीपेन्द्र विश्वकर्मासंग जनही २५ लाख माग गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।
प्रहरीले करोडौं ठगी गर्ने १० जना सुनारसहित १३ जनाबिरुद्ध अनुसन्धान अभियोग प्रयोजनका लागि उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासमा थुनछेक बहस भएको थियो ।
सिटिजन्स बैंक नेपालगन्ज शाखाका प्रवन्धक स्वाँरले बैंक ठगी काण्डमा संलग्नले अन्य रकम फिर्ता गरे पनि हाल बंैकलाई तिर्न बाँंकी रकम ३ करोड २७ लाख रुपैयाँ तिर्न आनाकानी गरेपछि बंैकमा ठगी काण्ड भएको उजुरी आफैले गरेका थिए । प्रहरीले उनकै उजुरीको आधारमा छानविन सुरु गरेको थियो । सो घटनामा सहायक प्रवन्धक जोशी, बैंकको मूख्य अभियोगी क्यासियर ज्योति र अन्य सुन धितो राख्न आउने १० जना माथि अनुसन्धान सुरु गरेको थियो ।
सो ठगी काण्डको बयान र थुनछेकका लागि उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलास १ नम्बर बेन्चमा न्यायाधीश बिष्णुदेब पौडेलको इजलासमा आरोपितहरुको बयानपछि उनीहरुलाई जनही २५ लाख धरौटी माग गरिएको हो ।

Next Post

स्कुल विभागका कारण पार्टी एकता प्रकृयामा असर पर्दैन : नेता भट्टराई

८ श्रावण २०७६, बुधबार १९:३०
सदरलाइनडटकम, नेपालगञ्ज  : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी समिति सदस्य योगेश भट्टराईले स्कुल विभागको कारण पार्टी एकतामा कुनै असर नपर्ने बताएका छन् । प्रेस संगठन बाँकेले बिहिवार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराईले सो कुरा बताएका हुन । उनले पार्टी एकतालाई पूर्णता दिनेक्रममा स्कुल विभागको प्रमुखका लागि देखिएको विवाद […]