नौबस्ता बालसुधार गृहलाई विभिन्न सामग्री प्रदान

सदरलाइन संवाददाता २६ मंसिर २०८०, मंगलवार १७:३७
 

नेपालगञ्ज : बाँकेको नौबस्तामा रहेको बालसुधार गृहका बालबन्दीलाई विभिन्न सामग्री प्रदान गरिएको छ ।

बाँकेको बैजनाथ ३, गाभरस्थित नौबस्तामा रहेको बालसुधार गृहका बाल बिज्याईँकर्ताहरुलाई एड्भोकेसी फोरमले विभिन्न सामग्री प्रदान गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरलले जानकारी दिए ।

एडभोकेसी फोरमका संयोजक तथा अधिकारकर्मी वसन्त गौतमको संयोजनमा बालसुधार गृहमा रहेका ११५ जना बाल बिज्याईँकर्ताहरुलाई विभिन्न सामग्री वितरण गरिएको प्रजिअ पोखरेलले जानकारी दिए ।


जाडोबाट बच्नका लागि ओड्ने डबल ब्लयाङ्केट ७५ थान, ओच्छ्याउने पि–फर्म दुई रोल, क्यारेमबोर्ड दुई थान, फुटबल दुई थान, लुडो दुई थान, नेट एक थान, स्किपिङ् तीन र चेस तीन थान प्रजिअ पोखरलेलमार्फत बालसुधार गृहका बालबन्दीलाई प्रदान गरिएको एड्भोकेसी फोरमका संयोजक वसन्त गौतमले जानकारी दिए ।

बैजनाथ ३, गाभरस्थित नौबस्तामा रहेको क्षेत्रीय कारागारभित्र रहेको बालसुधार गृहमा विभिन्न जिल्लाका ११५ जना बालबन्दी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ई–रिक्सा छोड्न माग गर्दै चालक आन्दोलित

२६ मंसिर २०८०, मंगलवार १७:३७
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले नियन्त्रणमा लिएका ई–रिक्सा छोड्न माग गर्दै चालकहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले मंगलबार उप–महानगरपालिकाको मुल प्रवेशद्वार घेराउ गरी नाराबाजी गरेका छन् । रिक्सा चालक नेपालगञ्ज–१५ जयसपुरका सलमान खानले उपमहानगरपालिकाले रिक्सा नियन्त्रणमा लिएपछि आफुहरुको दैनिकीमा समस्या पर्न थालेको बताए । खानले भने, ‘‘रिक्सा मालिकले कर नतिरेको दोष […]