सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा एक युवक मृत अवस्थामा भेटिएका छन् । नेपालगञ्ज उपमहानगरपालिका ४ गणेशपुरमा एक युवक मंगलवार विहान मृत अवस्थामा भेटिएका हुन् । कोही नबस्ने एक घरमा सोही ठाउँकै अन्दाजी ३१ वर्षीय रत्न शाही मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
शाही लागुऔषध सेवनकर्ता रहेको र अधिक मात्रामा लागुऔषध सेवन गरेका कारण उनको मृत्यु भएको हुनसक्ने बाँकेका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिँहले बताए । शवबारे अनुसन्धान शुरु गरिएको उनले जानकारी दिए । शव कुहिएको अवस्था रहेको बताइएको छ ।
