कैलालीमा धान थ्रेशरमा परेर एक महिलाको मृत्यु

सदरलाइन संवाददाता ७ कार्तिक २०७९, सोमबार १४:४१
 

कैलाली : कैलालीको कैलारी गाउँपालिकामा धान थ्रेसिङ्ग गर्ने क्रममा थ्रेसरमा पटुकी फसेर एक महिलाको ज्यान गएको छ । सोमवार विहान खेतमा धान थ्रेसिङ्ग गर्ने क्रममा कैलारी गाउँपालिका–३ भररीका ४५ वर्षकी बीना चौधरीको ज्यान गएको हो ।


जिल्ला प्रहरी कार्यालयका अनुसार खेतमा धान थ्रेसिङ्ग गर्ने क्रममा चौधरीले टाउकोमा बेरेको पटुकी थ्रेसरमा फसेको थियो । उनको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जको एउटा होटलबाट ९ जुवाडे पक्राउ

७ कार्तिक २०७९, सोमबार १४:४१
नेपालगञ्ज : नेपालगञ्जको न्यूरोडबाट प्रहरीले गएराती जुवा खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले नेपालगञ्ज सेतुविक चोक नजिक रहेको पहिलेको ह्यायत होटल अहिलेको द्रब्य कुटिरबाट जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । द्रब्य कुटिरमा जुवा खेलिरहेका उनीहरुबाट प्रहरीले करिब डेढ लाख […]