कोरोनाबाट बाँकेमा २८ बर्षीय युवकको मृत्यु

सदरलाइन संवाददाता ४ भाद्र २०७८, शुक्रबार १६:०५
 

नेपालगञ्ज : बाँकेमा उपचाररत थप एक जना कोरोना संक्रमित युवकको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत टिकापुर नगरपालिका १ कैलालीका २८ बर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड ब्यबस्थापन समितिका फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् ।


भदौ १ गते भेरी अस्पतालमा भर्ना भएका ती पुरुषको आज बिहान साढे ८ बजे मृत्यु भएको फोकल पर्सन ओलीले बताए । योसंगै बांके जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२५ र बाहिरी जिल्लाको मृतक संख्या ३८९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चितुवाको आक्रमणमा बर्दियामा बालिकाको मृत्यु

४ भाद्र २०७८, शुक्रबार १६:०५
नेपालगञ्ज : बर्दियामा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ।राजापुर नगरपालिका वडा नं १० भगतपुरमा बस्ने ३ बर्षिया बालिका कमला जैसीको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले दिएको जानकारी अनुसार बिहीवार साँझ ७ बजेको समयमा घर नजिकै मकैबारिको छेउमा खेलिरहेको अवस्थामा […]