कोहलपुुर (बाँके) : कोहलपुर ईलाका प्रहरी कार्यालयको गेट संगै रहेको हाम्रो होटल परिसरबाट मंगलवार विहान साढे ५ बजे पुनः मोटरसाईकल चोरी भएको छ । कोहलपुर क्षेत्रबाट मोटरसाईकल चोरि दिनप्रतिदिन बढ्दै गईरहेको हुदा ईलाका प्रहरी कार्यालयलाई चुनौती संग टाउको दुखाईको विषय बनेको छ ।
कोहलपुर ईलाका प्रहरी कार्यालय मातहतमा रहेका प्रहरी लगायत घुमुवा प्रहरीले चोरी बढे संगै नियमित सर्च अप्रेशन गरेको थियो । तर सर्च अप्रेशन ईलाका प्रहरी कार्यालय भन्दा बाहिर भयो, चोर सातिर भएका कारण ईलाका प्रहरी कार्यालय संगै रहेको होटेल अगाडिबाट मोटरसाईकल चोर्न सफल भए, यस घटनाले प्रहरीलाई असफल बनाएको एक स्थानियबासी बताउँछन् ।