आज अन्तिम सोमवार, बागेश्वरीमा ब्रतालुको भीड

सदरलाइन संवाददाता ३२ श्रावण २०७८, सोमबार १४:५४
 

नेपालगञ्ज : आज साउन महिनाको अन्तिम सोमबार नेपालगञ्जको बागेश्वरी मन्दिर परिसरमा भक्तजनहरुको घुइँचो लागेको छ ।

साउन महिनामा वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरु आफ्ना आराध्यदेव महादेवको पूजा अर्चना गर्दै महिना भर नै व्रत बस्ने गर्दछन् । विशेष गरेर साउनको सोमबार भगवान शिवका मन्दिरहरुमा व्रतालुहरुको भीड लाग्ने गर्दछ । सोमबार महिलाहरु महादेवको पूजा गर्दै मनोकामना पूर्तिका लागि उपवास बस्ने गर्दछन् ।


साउनको अन्तिम सोमवार पूजाआजा गरी महिलाहरु व्रत समापन गर्दछन् । कोरोना भाइरसका कारण बागेश्वरी मन्दिरमा व्रतालुलाई प्रवेश गर्न दिइएको छैन । तथापि मन्दिरमा पुजारीहरुबाटक दैनिक पूजा भने भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काबुलमा अमेरिकी दूतावासमा खटिएका ३८५ नेपाली सुरक्षा गार्डलाई उद्धारगरी दोहा पुराईयो

३२ श्रावण २०७८, सोमबार १४:५४
एजेन्सी : अमेरिकाले काबुलस्थित अमेरिकी दूतावासमा खटिएका नेपाली सुरक्षा गार्डहरुलाई उद्धार गरेको छ । उनीहरुलाई सोमबार बिहान उद्धार गरेर दोहा पु¥याएको हो । दूतावासमा ३ सय ८५ जना नेपाली सुरक्षा गार्ड कार्यरत थिए । काबुलस्थित युरोपियन युनियन डेलिगेट्सको कार्यालयमा खटिएका नेपाली सुरक्षागार्डहरुलाई पनि अमेरिकाले उद्धार गरेर दोहा लगेको छ । […]